Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय समाचार

अनुगमन समितिद्वारा बेकरी उद्योगको र निजि सवारीमा २०/२० हजार जरिवाना

अनुगमन समितिद्वारा बेकरी उद्योगको र निजि सवारीमा २०/२० हजार जरिवाना

Spread the love by sharing this post

फोहोर सडेको सामाग्री भएको फेलापरेपछि जिल्ला अनुगमन समितिले धादिङबेसीको ए वान बेकरी उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वको टोलीबाट आकस्मिक अनुगमन गर्दा सरसफाई अत्यन्त कमजोर, भण्डार कोठामा साङ्ला लगायतका किरा, दुईवटा खाद्यान्न सामान म्याद गुज्रेको, फ्रिजमा कतिपय सामान खुला रुपमा राखेको, खुला रुपमा झिंगा भन्केको आनुगमन टोलीले भेटेको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरीलेसुझाव सहित कारबाही गरिएको जानकारी दिनुभयो ।

अनुगमन समितिद्वारा बेकरी उद्योगको र निजि सवारीमा २०/२० हजार जरिवाना
बेकरी संचालन मापदण्ड अनुसार गुणस्तर कायम गरेर मात्र उद्योगलाई संचालन गर्न अनुगमनका क्रममा सुझाव दिईएको छ ।
निजी नम्बर (रातो नम्बर) को सवारीले प्रचलित कानुन विपरित २० भन्दा बढी यात्रु बोकेर जाँदै गरेको अवस्थामा २ ओटा सवारी साधनलाई प्रजिअ घिमिरे नेतृत्व अनुगमन टोलीले आइतबार कारबाही गरेको छ ।
नियम विपरित अति धेरै यात्रु बोकेर जोखिमपुर्ण रुपमा गाउँ तर्फ जान लागेको प्रदेश ३– ०१–०२४–च ६८३९ र ग २ च ९०५३ का २ वटा निजी ४ पांग्रे सवारी साधनहरुलाई २०÷२० हजार जरिवाना गरिएको छ ।

अनुगमन समितिद्वारा बेकरी उद्योगको र निजि सवारीमा २०/२० हजार जरिवाना
असुरक्षित रुपमा यात्रु बोकेको अवस्थामा भेटिएपछि दुई सवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यसैगरि अखाद्य बस्तुबजारमा लगेर विक्रि गरेको, विल विजक जारी नगरेको जिल्ला अनुगमन समिति संयोजक युवराज अर्यालको नेतृत्व अनुगमन टोलीले मलेखुमा एउटा सवारी साधन फेला पारेर ५ हजार रुपैयाँ जरिवाना गराएको छ ।
प्रदेश ३–०१– ०२४ च ४१८१ नम्बर को निजि नम्बरको सवारीले बजारमा खान अयोग्य वस्तु विना विल विजक विक्रि गरेपछि कारबाही गरिएको थियो ।
कर समेत छलिएको सवारी साधनलाई इलाका प्रहरी कार्यालय गजुरीलाई जिम्मा लगाईएको छ ।
निजि नम्बरको सवारी साधनले यात्रु बोकेको समयमा दुर्घटना भएमा विमा नहुने भएको सबैतिरबाट समस्या आउने, र कानुन विपरितको काम गरिएको ठहर्ने बताईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button