Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचार

अन्तराष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशनमा पारित धादिङवेशी घोषणापत्र

अन्तराष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशनमा पारित धादिङवेशी घोषणापत्र

Spread the love by sharing this post

अन्तर्राष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संस्थाको मार्गदर्शन र प्रतिवद्धताका लागि यो धादिङवेशी घोषणापत्र जारी गरेकोछ ।

प्रवासीहरुको संगठीत अभियानः समृद्ध धादिङ हाम्रो स्वाभिमान्ः भन्ने मूल नारा सहित धादिङवेशीमा सम्पन्न अन्तराष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशन भब्य रुपमा सफल पार्न विश्वका १८ देशका धादिङगेलीहरुको राष्ट्रिय समन्वय परिषद् बाट प्रतिनीधित्व गर्ने सवै प्रतिनीधिहरुको र ४ देशबाट प्रतिनिधि भौतीक उपस्थिति जनाउन नसक्ने प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिने छन्।

धादिङ जिल्ला र विश्वभर छरिएका गैरआवासीय धादिङेलीहरु बीचको भावनात्मक सम्बन्धलाई सुमधुर बनाउँदै सहकार्य, समन्वय र विशुद्ध सामाजिक अभिप्रायका साथ धादिङ जिल्लाको समग्र विकासमा योगदान गर्ने उद्देश्यका साथ स्थापित

१. विश्वभर छरिएर रहेका धादिङेलीहरुलाई संगठित गर्दै भावनात्मक एकता सहितको विशुद्ध सामाजिक, गैह्र राजनीतिक र मानवीय सहायतामूखी साझा संस्थाको रुपमा अन्तराष्ट्रिय धादिङ समाजलाई अबिच्छिन्न रुपमा स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौँ ।

२. यो महाधिवेशन धादिङ जिल्लाको समग्र विकासमा प्रतिबद्ध हुँदै धादिङवासीको आर्थिक समृद्धिका लागि सामूहिक तथा व्यक्तिगत लगानी गर्न उपयुक्त वातावरण सिर्जना गर्न आव्हान गर्दै धादिङ जिल्लामा हुने पुर्वाधार विकास र सामाजिक उद्धमका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ ।

३. विश्वका जुनसुकै देशमा प्रभावकारी सञ्जाल तयार, संयन्त्र निर्माण एवं समन्वय गरि अप्ठेरोमा परेका आप्रवासी धादिङेलीहरुको सहयोग, उद्धार र पुनस्र्थापनाका लागि आवस्यक पहल कदमी गरिनेछ ।

४. नेपालको संविधानमा व्यवस्था भै नागरिकता ऐन शंसोधनबाट भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका समस्याहरुको तत्काल समाधान गरि आप्रवासीहरुको मातृभूमिप्रतिको अगाध प्रेम, कर्तब्य र लगानी सम्मान गर्न नेपाल सरकार समक्ष यो महाधिवेशन अनुरोध गर्दछ ।

५. वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेशणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहेकाले धादिङ जिल्लमा भित्रिने विप्रेशणलाई उत्पादनमूलक क्षेत्रमा लगानीहुने बातावरण तयार गर्न एवं वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण ,मर्यादित र व्यवस्थित बनाउँन धादिङका सवै स्थानीय सरकार संग सुरक्षित बैदेशिक रोजगार र वित्तीय सचेतना कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न यो महाधिवेशन अपिल गर्दछ ।

६.धादिङका विकट र विपन्न समुदायका बालबालिकाहरुको शिक्षाको अधिकार सुनिश्चित गर्न विभिन्न देशका धादिङवासीहरु र समन्वय समिति संग सहकार्य गरि जेहन्दार विद्यार्थी छात्रबृत्री कोष स्थापना गर्ने प्रतिबद्धता गर्दछौँ ।

७. विपन्न धादिङवासीको स्वास्थ उपचारमा सहयोग गर्न एक स्वास्थ उपचार सहायता कोष स्थापना गरिनेछ । विभिन्न पालिका र संघसंस्थाहरु संग सहकार्य गरि स्वास्थ शिविर र स्वास्थ सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ ।

८. विश्वब्यापी महामारीको रुपमा आएको कोभिड-१९ का बेला धादिङका स्थानीय सरकार र संघसंस्थाहरु संग सहकार्य गरि गरिएको राहत तथा सहायता अभियानबाट प्राप्त अनुभवबाट सिक्दै जिल्लामा हुने कुनै पनि विपद् तथा महामारीहरुमा मानवीय सहायताका लागि यथासक्य सहयोग गर्ने प्रतिवद्धता गर्दछौँ ।

९. विश्वका विभिन्न देशमा महत्वपुर्ण योगदान, ब्यवसायीक दक्षता र उदाहरणीय काम गरिरहेका धादिङेलीहरुको प्रोफाइल तयार गरि उनीहरुको ज्ञान, अनुभव र श्रोतलाई जिल्लाको विकास अभियानमा जोड्न आवस्यक समन्वयकारी भूमिका निर्वाह र्ने प्रतिवद्धता गर्दछौँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button