Banner NewsBanner news (with photo)ताजा समाचारनीलकण्ठ नगरपालिकामुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचार

असार मसान्त भित्र धादिङबेसी सह लगानी खानेपानीको काम सम्पन्न हुने

असार मसान्त भित्र धादिङबेसी सह लगानी खानेपानीको काम सम्पन्न हुने

Spread the love by sharing this post

धादिङबेसी सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाको काम असार मसान्त भित्र सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

नगर प्रमुख भीम प्रसाद ढुंगानाले काममा भएको ढिलाई प्रति निर्माण पक्षसँगको छलफलमा सगुन कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ प्रा.ली.का प्रबन्धक निर्देशक सहदेव खड्काले असार मसान्त भित्र काम सक्ने प्रतिवद्धता जनाउनु भएको हो ।
सह लगानी कोषको ७० प्रतिशत र स्थानीय सहभागीता ३० प्रतिशत हुने गरी काम भईरहेको छ । अहिले सम्म भौतिक प्रगतीको काम ५३.०५ प्रतिशत सम्पन्न भएको र वित्तीय प्रगती ४९.३९ सम्पन्न भएको प्रबन्धक निर्देशक सहदेव खड्काले जानकारी दिनुभयो ।
नीलकण्ठ नगर प्रमुख भीम प्रसाद ढुंगानाले असार मसान्त भित्र काम सम्पन्न नगरे भुक्तानी पनि रोक्ने र कम्पनीलाई कालो सुचिमा राख्ने समेत चेतावनी दिनुभएको छ । आफ्नो कार्याकालको गौरवको आयोजना मध्ये खानेपानीको काम पनि रहेको भन्दै तत्काल काम द्रत गतिमा गर्न समेत निर्देशन दिनुभएको छ । काम गर्दा कुनै अवरोध भए तत्काल आफुलाई खबर गर्न समेत फिल्ड ईन्जिनियरहरुलाई निर्देशन दिनुभएको छ । नगर पालिकामा भएको छलफलमा नगर प्रमुख भीम प्रसाद ढुंगाना, नगर उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनका प्रमुख सुन्दर सुवेदी,संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका ईन्जिनियरहरु प्रदिप रेग्मी,अमृत भण्डारी, सगुन कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ प्रा.ली.का प्रबन्धक निर्देशक सहदेव खड्का र निर्माण पक्ष कम्पनीका ईन्जिनियहरुको सहभागिता रहेको थियो ।

असार मसान्त भित्र धादिङबेसी सह लगानी खानेपानीको काम सम्पन्न हुने

अहिले सम्म खानेपानी कार्यलयका भवन,प्रसारण पाईप लाईन,वितरण पाईपलाईन अन्तिम चरणमा पुगेको छ । यसैगरी अल्छिडाँडा,अधिकारी डाँडा,राम्चे,डाँडागाउँ,भानुपार्क र भुलभुलेको काम पनि अन्तिम चरणमा पुगेको छ ।खानेपानीको प्रशोधन केन्द्रको निर्माण भने सुरु हुन नसकेको आयोजना पक्षले जानकारी गराईएको छ । कुनै कुनै स्थानमा स्थानियसँगको विवादको कारणले काममा ढिलाई भएको छ । वि.स.२०८१ सालको असार भित्र खानेपानीको काम सम्पन्न गर्नको लागि मेयर ढुंगानाले आयोजना निर्माण पक्षलाई निर्देशन दिनुभएको छ । निर्माण पक्षले असार मसान्त भित्र काम सम्पन्न गर्ने गरी थप कामदार ल्याएर असार मसान्त भित्रनै खानेपानीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।धादिङबेसी सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाबाट नीलकण्ठ नगरपालिकाको वडा नम्बर २,३,४ र १२ का नागरिकहरु लाभान्वित हुनेछन् । उक्त खानेपानी आयोजनाको काम सम्पन्न भएपछि धादिङबेसीको खानेपानीको समस्या हल हुनेछ ।

उत्कृष्ट खानेपानी वितरण स्थापना गर्ने गरी बजार क्षेत्रको खानेपानी पाईप लाईन विस्तार भईरहेको छ । बैज्ञानिक तथा आधुनिक तरिकाबाट खानेपानी वितरण गरिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button