खेलकुदताजा समाचारदेशमुख्य समाचारसमाचार

आइसिसी यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

आइसिसी यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

Spread the love by sharing this post

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यु–१९ महिला विश्वकप २०२५ का प्रतियोगिताका लागि नेपाली टोली पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ। सो खेल मलेसियाको बांगीमा हुनेछ। दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरूद्ध हुनेछ । विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन् समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन् । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।

नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन्।  यस्तै सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button