Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारदेशमुख्य समाचारसमाचार

आजको मौसम मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा

आजको मौसम मधेस,गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा

Spread the love by sharing this post

२०८१,कात्तिक ५,सोमबार,

आजको मौसम मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।

नेपालको मौसम प्रणालीमा हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button