Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारनीलकण्ठ नगरपालिकाफिचरफोटो फिचरमुख्य समाचारशिक्षासमाचारस्थानीय तहस्थानीय समाचार

आजबाट नीलकण्ठ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

आजबाट नीलकण्ठ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

Spread the love by sharing this post

धादिङको नीलकण्ठ नगरपालिकामा आजदेखी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । प्रतियोगिताको उद्घाटन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले शिक्षा र खेल क्षेत्रलाई अगाडी बढाउनको लागि नीलकण्ठ नगरपालिकाले सबैभन्दा बढी रकम बिनियोजित गरेको बताउनुभयो । खेल क्षेत्रको विकासको लागि नगरपालिकाले विगतमा विभिन्न प्रतियोगिता सन्चालन गरीरहेको भन्दै उहाँले यसबर्ष पनि भलिबल,फुटबल,फुटसल,व्याडमिन्टन लगायतको प्रतियोगिता सन्चालन गर्ने बताउनुभयो ।

आजबाट नीलकण्ठ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

 

जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण पदक बिजेताहरुलाई नगरपालिकाले प्रति स्वर्ण पदक बराबर दूई हजार नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । जिल्ला,प्रदेश तथा संघ स्तरीय प्रतियोगितामा सहभागी हुने नीलकण्ठ नगरपालिकाका खेलाडीहरुको खर्च नगरपालिकाले व्यहोर्ने समेत बताउनुभयो ।

कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,वडा अध्यक्षहरु,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ,नेपाल पत्रकार महासंघ धादिङ शाखाका सचिव सन्तोषराज श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

आजबाट नीलकण्ठ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

प्रतियोगितामा २५ वटा सामुदायीक र ४ वटा संस्थागत गरी २९ वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा तीन दिन सम्म सन्चालन हुनेछ ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगीतामा समावेस खेल विधा भलिवल : छात्र / छात्रा ९/९ जना मात्र,कवड्डी छात्र/छात्रा ९/९ जना मात्र, तेक्वान्दो छात्र- ४५, ४८, ५१, ५५, ५९ के. जी. र एकल पुम्से,छात्रा- ४२, ४४, ४६, ४९, ५२ के.जी. र एकल पुम्से,
कराते छात्र- ४२, ४७, ५२, ५७, ६२ के.जी. र काता एकल,छात्रा- ४०, ४५, ५०, ५५, ६० के.जी. र काता एकल,एथलेटिक्स : छात्र/छात्रा दुवै इभेन्ट्स (एक जना खेलाडीले एक ट्र्याक दुइ फिल्ड तथा एक फिल्ड ट्र्याक इभेन्ट मात्र खेल्न पाउनेछ भने रिलेमा मान्य हुनेछैन )
दौड : १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मिटर, ३००० मिटर । (छात्र र छात्रा ),रिले दौड : ४×१०० मि. ४ ४०० मि. (छात्र र छात्रा),हाइ-जम्प, लङ -जम्प, त्रिपल – जम्प (छात्र र छात्रा),सटपुट : छात्र (१२ पाउन्ड) र छात्रा (८ पाउन्ड) ५. ज्याभलिन थ्रो : छात्र (८०० ग्राम) र छात्रा (६०० ग्राम) लगायतका खेलहरु हुनेछन् ।

आजबाट नीलकण्ठ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

आजबाट नीलकण्ठ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button