Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारविश्वसमाचार

आज डिसेम्बर १,‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ एड्स दिवस मनाइँदै

आज डिसेम्बर १,‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ एड्स दिवस मनाइँदै

Spread the love by sharing this post

०८१,मंसिर १६,आइतबार,

आज डिसेम्बर १,नेपालसहित विश्वभरि नै ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ ३७ औँ विश्व एड्स दिवस मनाइँदै छ ।

केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी संक्रमण ९१ प्रतिशतले घटेको छ । सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताउनुभयो । सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याएकोले सर्न कम भएर घटेको छ । अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि खाइरहेका छन् । अझै झन्डै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका र ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो ।

औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशिने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरू जोखिम समूहभन्दा उच्च रहेको छ ।

अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button