Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचार

आठ किलो किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ,बजार मूल्य ११ करोड ४३ लाख

आठ किलो किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ,बजार मूल्य ११ करोड ४३ लाख

Spread the love by sharing this post

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आठ किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

हेटौँडा-१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् । उनीहरूबाट आठ किलो २४३ ग्राम ९७० रहेको र प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

बरामद भएको सुन र पक्राउ परेका कुटी र बाडलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको एसपी खड्काले बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button