Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसमाचार

उपाधिका लागि महिला टी २० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्ने

उपाधिका लागि महिला टी २० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्ने

Spread the love by sharing this post

०८१ कात्तिक ४,आइतबार,

उपाधिका लागि  आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्ने भएका छन् ।

न्यूजील्याण्डले दोस्रो सेमिफाइनलमा वेस्ट इण्डिजलाई ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। न्यूजील्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ। त्यस्तै दक्षिण अफ्रीकाको फाइनलको यात्रा पनि रोमाञ्चक रहेको छ । ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । २०२३ को विश्वकपमा फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको दक्षिण अफ्रीकाले त्यसको बदला लिदै यस पटक भने अस्ट्रेलियालाई बाहिर गर्दै फाइनल खेल्दै छ ।

यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् ।

फाइनल खेल आइतबार दुबईमा नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button