Banner NewsBanner news (with photo)ताजा समाचारथाँक्रे गाउँपालिकादेशबेनिघाटरोराङ गाउँपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय समाचार

एक साता अघिको बाढीपहिराेमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत

एक साता अघिको बाढीपहिराेमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत

Spread the love by sharing this post

अस्मिता कडुवाल,धादिङ

एक साता अघि धादिङमा बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई दुई लाखको दरले राहत रकम वितरण गरिएको छ ।

एक साता अघि अविरल वर्षासँगै आएको बाढी र पहिरो बाट जाेगिन ओडारमा बसेकाे समयमा ओडार नै पहिरिएर पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका- ६ का जनता भनिने श्यामकुमार चेपाङ र सन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो । निरन्तरको वर्षासंगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की ६ वर्षिया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिनुभयो । कागजात जुटाउने तथा प्रक्रियामा रहेकोले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उहाँको भनाई छ ।

नेपाल सरकारले तय गरेको स्वीकृत मापदण्डको आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button