Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशप्रवासमनोरञ्जनमुख्य समाचारसमाचारसुदूरपश्चिम प्रदेश

कन्चनपुरमा नेकोस चेस प्रतियोगिता आजबाट सुरु,७१ जनाको सहभागिता

कन्चनपुरमा नेकोस चेस प्रतियोगिता आजबाट सुरु,७१ जनाको सहभागिता

Spread the love by sharing this post

राष्ट्रिय बुद्धिचाल संघ नेपाल र काठमाडौं स्पोर्टस एकेडेमीको संयुक्त आयोजनामा तेस्रो नेकोस (NECOSS) राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भ‌एको छ।

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतियोगिताको उद्घाटन गर्नुभ‌एको छ।राष्ट्रिय बुद्धिचाल संघ नेपालका अध्यक्ष तथा काठमाडौं स्पोर्टस एकेडेमीका अध्यक्ष नारायण दास गमालको संयोजकत्वमा संचालन‌ गरिने प्रतियोगिताको सभापतित्व वेदकोट न.पा. ८ का वडाध्यक्ष महेश राज जोशीले गर्नुभएको थियो ।

कन्चनपुरमा नेकोस चेस प्रतियोगिता आजबाट सुरु,७१ जनाको सहभागिता

स्विस लिग प्रणालीमा ५ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ७१ जनाको सहभागिता छ । प्रतियोगितामा राष्ट्रिय च्याम्पियन राजन सुवेदी, पूर्व राष्ट्रिय च्याम्पियन रुपेश जैसवाल, नबिन तण्डुकार महिला च्याम्पियन सिन्दिरा जोशीको पनि सहभागिता रहेको छ ।

प्रतियोगितामा हंगेरी ओल्मपियाड टोलीका सम्पूर्ण १० सदस्य, अघिल्लो संस्करणको नेशनल र्यापिड च्याम्पियनशिपका विजेला ३ खेलाडी, १ जना शिर्ष महिला र हालका उच्चतम फिडे रेटिङ भ‌एका १/१ जना खेलाडीहरूलाई दर्ता तथा सुविधा सम्पन्न होटलमा खान र बस्ने सुविधा नि:शुल्क गरिएको जानकारी गमालले दिएका छन्। गमालले बताए अनुसार – व्यवसायिक खेलकुदको अवधारणालाई देशव्यापी रुपमा स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता मार्फत प्रतिवान एवं सक्षम खेलाडी उत्पादन गरी समृद्ध समाजको परिकल्पनालाई साकार पार्ने र खेलकुद मार्फत राष्ट्रिय सद्भाव अभिवृद्धि गरी आपसी भाईचाराको सम्बन्धलाई अझै कसिलो बनाउदै समाजवादको लक्ष्य तर्फ अघि बढ्न सकिनेछ।

प्रतियोगिताको मुख्य निर्णायक अन्तराष्ट्रिय आर्बीटर यज्ञ प्रसाद पन्थ छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ४,७०,०००/- रहेको छ जसमा तेस्रो नेकोस (NECOSS) राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा प्रथम हुनेलाई ६०,०००/- सहित २५ जना पुरस्कृत हुनेछन् त्यस्तै दोस्रो राष्ट्रिय र्यापिड च्याम्पियनशिपमा प्रथम हुनेलाई ३०,०००/- सहित २० जना पुरस्कृत हुनेछन् भने प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा प्रथम हुनेलाई २५,०००/- सहित २० जना पुरस्कृत हुनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button