Banner NewsBanner news (with photo)कृषि/सहकारीताजा समाचारदेशमुख्य समाचारसमाचार

काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी,रवि लामिछाने र छविलाल जोशीविरुद्ध

काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी,रवि लामिछाने र छविलाल जोशीविरुद्ध

Spread the love by sharing this post

०८१ मंसिर ३,सोमबार,

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि जिल्ला अदालत कास्कीको अनुमतिपछि पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पनि त्यही कसुरमा पक्राउको अनुमति दिएको थियो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले पनि पक्राउ गर्न अनुमति दिएको हो ।

स्वर्णलक्ष्मी प्रकरणमा प्रहरीले यसअघि गोर्खा मिडिया प्रालिमा संलग्न आरोपमा थप २४ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button