Banner NewsBanner news (with photo)कर्णाली प्रदेशकृषिकृषि/सहकारीकोशी प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारलुम्बिनी प्रदेशवाग्मती प्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कृषिको विकासका लागि तिनै तहका सरकारको सामुहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड

कृषिको विकासका लागि तिनै तहका सरकारको सामुहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड

Spread the love by sharing this post

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ ,प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको वताउनूभएको छ ।

सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा वसेको विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना वनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी वनाउन पर्नेमा जोड दिनुभयो । बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तह मार्फत कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको छ , भन्दै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघिय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको छ , भन्नुभयो । विदेशवाट फर्किएकाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार वनाउने गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।
बैठकमा सातै प्रदेशका कृषि सँग सम्वन्धित सचिवहरुले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुती गर्नुभएको थियो भने प्रदेशमन्त्रीहरुले आ–आफनो धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा यस अघि वसेको नवौ बैठकले गरेका निर्णय कार्यन्वयनको समिक्षा भएको थियो । बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष , गाँउपालिका महासंघका अध्यक्ष , मन्त्रालयका सचिव , सह–सचिव, प्रदेश कृषि सचिवहरु सँगै आयोजना प्रमुख , महाशाखा प्रमुखहरूको पनि उपस्थिति रहेको  थियो  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button