Banner NewsBanner news (with photo)कोशी प्रदेशताजा समाचारदेशमुख्य समाचारसमाचार

कोशी ब्यारेजमा पुष पुर्णिामाको अवसरमा कोशी स्नान र मेला

कोशी ब्यारेजमा पुष पुर्णिामाको अवसरमा कोशी स्नान र मेला

Spread the love by sharing this post

आज पुष पुर्णिमा अर्थात् माघस्नान आजदेखि पुष पूर्णिमाको दिन आज हरेक बर्ष सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लाग्न थालेको छ ।

कोशी ब्यारेजमा पुष पुर्णिामाको अवसरमा कोशी स्नान र मेला
सप्तकोसी नदीमा स्नान गरि मेला भर्न आउनेहरुको आज बिहानदेखि भिड लागेको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेज, हनुमाननगर, कुनाैली, सप्तकोशी नगरपालिका ६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टा सहित काेसी नदी बग्ने अधिकांश स्थानहरुमा आज काेशी स्नान र मेला भर्नेहरुकाे संख्या बढी छ,सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेज बाहेकका ठाउँमा चारपांग्रे गाडीको असहजता भएका स्थानहरुमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी नै घुइँचो लाग्ने छन् ।काेसीमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो छ । याे दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरु खाने चलन छ । काेशी स्नानपछि भुजा, च्यूरा, पुरी, तरकारी, जेरीसहितका मिठाईहरु खाने प्रचलन छ । 
कोशी ब्यारेजमा पुष पुर्णिामाको अवसरमा कोशी स्नान र मेला
कोशी ब्यारेजमा पुष पुर्णिामाको अवसरमा कोशी स्नान र मेला

कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।
काेशी मेलालाई कृषि मेलाको रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री) हरुको खरिद बिक्री हुने गरेको छ ।
सप्तरीको १८ वटा पालिकाहरुमध्ये काेसी क्षेत्रका अधिकांश पालिकाहरुले आज स्थानीय विदासमेत दिएका छन् ।

कोशी ब्यारेजमा पुष पुर्णिामाको अवसरमा कोशी  स्नान र मेला

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button