Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनमुख्य समाचाररुबीभ्याली गाउँपालिकासमाचारस्थानीय समाचार

गणेश हिमाल बेसक्याम्प फसेका विरामी सहित ६ जनाको हेलिकप्टरबाट उद्धार,१३ जनाको टोली हिँडेर हिन्दुङतर्फ आउदै

गणेश हिमाल बेसक्याम्प फसेका विरामी सहित ६ जनाको हेलिकप्टरबाट उद्धार,१३ जनाको टोली हिँडेर हिन्दुङतर्फ आउदै

Spread the love by sharing this post

गणेश हिमाल पर्यापर्यटन प्रवर्द्धन र प्रचारप्रसार सहित अध्ययन अनुसन्धानको लागि पुगेकोे भ्रमण टोलिका विरामी सहित ६ जनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

उद्धार गरिएका मध्ये ३ जना डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य, रेन्जर अनुसुया ढुंगाना र पत्रकार आकाश लम्साललाई रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको हिन्दुङ हुँदै काठमाडौं लगिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।

रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली कात्तिक २२ गतेदेखी १० दिनका लागि रुवीभ्याली यात्रामा थिए । उनीहरु लेक (हाइ अल्टिच्युट) र चिसोका कारण गणेश हिमाल बेसक्याम्प नजिक धादिङको रुवीभ्याली गाउँपालिका–४ बगममा फसेका थिए ।

बुधबार दिनभर उद्धारको प्रयास भएपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड गर्न नसकेर नेपाली सेनाको हेलिकप्टर फर्किएको थियो । हिन्दुङ पुगेका उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको अर्यालले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। पर्या पर्यटन प्रवर्धन गर्न र अध्यायन अनुसन्धान गरि सो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्नका लागि तिप्लिङको लिंजो हुँदै टोली गएको थियो ।

गणेश हिमाल र प्यालदोर हिमालको फेदीबाट बेसक्याम्पतिर जानेक्रममा उनिहरु बिरामि परेका हुन्। २७ जना मध्ये ११ जना बुधबार नै फोन लाग्ने ठाउमा पुगेपछि फोन गरेर उद्धार गर्न आग्रह गरिएको संचारकर्मी मिलन तिमिल्सिनाले बताउनुभयो । १३ जनाको टोली हिडेर हिन्दुङतर्फ आउदै गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button