प्रवासविश्वसमाचार

जापानको प्रधानमन्त्रीमा पुनः सिगेरु इशिबा निर्वाचित

जापानको प्रधानमन्त्रीमा पुनः सिगेरु इशिबा निर्वाचित

Spread the love by sharing this post

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

जापानको संसद्मा हिजो भएको मतदानमा उहाँले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ । इसिबाले हिजोको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिनुभएको थियो । त्यसको केही घण्टापछि संसद्मा मतदान भएको हो ।

गएको अक्टुबरमा भएको मतदानमा इसिबाको पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्मा बहुमत गुमाएको थियो । चार सय ६५ सदस्यीय संसद्मा एलडीपी–कोमेटो गठबन्धनले दुई सय १५ सिट मात्र ल्याएको थियो । तर, कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विशेष अधिवेशनबाट उहाँ प्रधानमन्त्रीमा चयन हुनुभएको हो ।

उहाँले अब आफ्नो पार्टीभित्रको मतभेदसँगै देशको आर्थिक सङ्कट व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्न सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button