Banner NewsBanner news (with photo)गजुरी गाउँपालिकाजिवनशैलीताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशशिक्षासफलताको कथासमाचारस्थानीय समाचार

जिल्लाकै पहिलो हाइ स्कूल आदर्श मावि गजुरी,संस्थापकको सम्मानमा पाँच पुरस्कारको घोषणा

जिल्लाकै पहिलो हाइ स्कूल आदर्श मावि गजुरी,संस्थापकको सम्मानमा पाँच पुरस्कारको घोषणा

Spread the love by sharing this post

०८१,मंसिर ७,शुक्रबार,सीताराम अधिकारी,

हालको आदर्श मा.वी गजुरी जिल्लाकै पहिलो हाइ स्कूल हो । जिल्लकै पहिलो  हाइ स्कुल (माध्यामिक विद्यालय)  संचालन गर्न सबै सुख र सुविधा छाडेर गाउँमा विद्यालय चलाउने संस्थापकको सम्मानमा पाँचओटा पुरस्कारको घोषणा गरिएको छ ।

बनारसबाट संस्कृतमा शास्त्री उतिर्ण गरि त्रिचन्द्र कलेजबाट बिए अनर्स गर्नुभएका ठाकुर प्रसाद शर्मा हेडमास्तर भएर खेतको आलीमा बसेर संचालन गरिएको सोही विद्यालयमा अध्यायन गरेका र राजनीतिक रुपमा उच्च ओहदामा पुगेका, देशको शिक्षा क्षेत्रमा योगदान गरेका तथा सामाजिक रुपमा चिनिएका व्यक्तिहरुले ठाकुरप्रसाद शर्मा प्रतिष्ठान दर्ता गरि पाँच पुरस्कारको घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले संचारकर्मीहरुलाई जानकारी दिनुभएको छ । ठाकुरप्रसाद शर्मा राष्ट्रिय शिक्षा पुरस्कार, आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार, र एसइइ मा जिल्लामा सर्वोत्कृष्ठ हुने एक छात्र र एक छात्रालाई पुरस्कार दिने घोषणा प्रतिष्ठान दर्ता गरे लगत्तै प्रतिष्ठानका महासचिव कृष्णराज सिवालले जानकारी दिनुभयो ।

ठाकुरप्रसाद शर्माले पढाउनुभएका राजनितिमा मन्त्री भइसक्नु भएका राजेन्द्र प्रसाद पाण्डे, साम्सद भइसक्नु भएका भूमि त्रिपाठी, बागमतिका मूख्य मन्त्री हुनुभएका शालिकराम जम्कट्टेल, तत्कालिन पिडा गाउँविकास समितिका अध्यक्ष जीतबहादुर भण्डारी, उद्योग व्यवसायीको नेतृत्वमा पुग्नुभएका प्रभातकिरण सुवेदी, सामाजिक काममा सक्रिय अजय श्रेष्ठ लगायत १ सय ३५ जना पूर्व विद्यार्थीहरुबाट २८ लाख ८२ हजार रुपैयाँ अक्षयकोषमा जम्मा समेत भइसकेको कोषाध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाकै पहिलो हाइ स्कूल आदर्श मावि गजुरी,संस्थापकको सम्मानमा पाँच पुरस्कारको घोषणा

२०२५ साल पुस ५ गते ठाकुरप्रसाद शर्मा हेडमास्टर भएर पहिलो हाइ स्कुल खोल्दाको दुख र कष्ट अनि संघर्ष अहिलेका पुस्ताले पत्याउन नसक्ने किसिमको थियो । तत्कालिन शिक्षकहरु ठाकुरप्रसाद शर्मा, कृष्णप्रसाद गौतम, सुमनदास श्रेष्ठ, हेकराज कँडेल, विष्णुकुमार श्रेष्ठ विए, खेमराज उप्रेती, टिकाबहादुर उप्रेती, गोपिनाथ रिजाल, कृष्णप्रसाद खरेलले विद्यालय स्थापना गर्दा पढाउनुभयो । शिक्षकहरुसंग तलब थिएन,तत्कालिन सरकारले तलब दिँदैन थियो ।

शिक्षकहरु महिनाको पालो गरेर गरिब अभिभावकको घरमा खाना खाएर पढाउनु पर्ने अवस्था थियो । विद्यालय नभएकोले हालको वडा वडा कार्यालय भएको छात्राबास भएको ठाउँमा खेतको आलीमा बसेर विद्यालय सुरु गरिएको अनुभव महेन्द्रकुमार शर्माको छ । विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने चलन अनुसार तत्कालित प्रमुख जिल्ला अधिकारी मदनकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो भने सचिव गजुरीकै पुरुषेत्तमदास श्रेष्ठ हुनु भएर २०३२ सालसम्म निशुल्क पढाएर हाइ स्कुल संचालनमा ल्याइएको अनुभव सुनाउँदै शिक्षा सेवामा योगदानगरेकाहरुलाई सम्मान र श्रद्धा गर्दै प्रतिष्ठान बनाएर योगदानको कदर गर्न लागिएको बताइएको छ । प्रतिष्ठानले पुरस्कार पुस ५ गते हाइस्कुल स्थापना दिवसको दिन वितरण गर्ने जानकारी दिँदै शिक्षा क्षेत्रको यो अभियानका जोडिन समेत आग्रह गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button