विश्वसमाचार

जी–२० शिखर सम्मेलनको तयारी भइरहेका बेला ब्राजिलको सर्वाेच्च अदालत नजिकै विस्फोट

जी–२० शिखर सम्मेलनको तयारी भइरहेका बेला ब्राजिलको सर्वाेच्च अदालत नजिकै विस्फोट

Spread the love by sharing this post

जी–२० शिखर सम्मेलनको तयारी भइरहेका बेला ब्राजिलको सर्वाेच्च अदालत नजिकै विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । आत्मघाती आक्रमणमा विस्फोटक पदार्थ बोकेका व्यक्तिको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले आक्रमणकारी कारमा बसेर सर्वाेच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका कारण प्रवेश गर्न असफल भएको र पछि प्रवेशद्वारमा विस्फोट गराएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङसहित विश्वका नेताहरूको सहभागितामा आउँदो सोमवारदेखि शुरू हुने जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीहरूले देशमा सुरक्षा व्यवस्था कडा पारिसकेको बताएका छन् ।सर्वाेच्च अदालतले विज्ञप्ति निकाल्दै बुधवारको सत्रको अन्त्यमा दुई वटा विस्फोट भएको र न्यायाधीशहरूलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button