Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसमाचार

टी-२० सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

टी-२० सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

Spread the love by sharing this post

२०८१ शुक्रबार,०२

नेपालले अमेरिका विरुद्धको टी-२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासामु १७१ रनको लक्ष्य दिएको छ।

अमेरिकाको डलासमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो ।

कुशल नटआउट रहेर ९२ रन बनाए ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे,ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए,गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए। दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के। करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए।

अमेरिकी बलरमध्ये नोसथुस केनजिग र जसदीप सिंहले दुई/दुई विकेट लिए ।नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । नेपाल पहिलो ट्वान्टी-२० मा १७ रनले विजयी रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button