Uncategorizedताजा समाचारदेशमुख्य समाचारसमाचार

तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

Spread the love by sharing this post

कार्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहार पहिलो दिन आज काग तिहार यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदै छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।

यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ।

काग तिहारका दिन बेलुका घरको मूलढोकामा द्वीपदान पनि गरिन्छ । यसो गर्दा मृत्युभयको जोखिम हुँदैन भन्ने मान्यता छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button