Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचार

तोकियो एनपीएलको टिकट मूल्य,सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ

तोकियो एनपीएलको टिकट मूल्य,सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ

Spread the love by sharing this post

०८१,मंसिर ११,मंगलबार,

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक विज्ञप्तिमार्फत नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका निम्ति टिकट मूल्य तय भएको छ ।

क्यानको आयोजनामा हुन लागेको एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

क्यानका अनुसार,आज (मंसिर १० गते) राति ८ बजेदेखि टिकट डिजिटल पे वालेट खल्तीबाट खरिद गर्न सकिने जनाएको छ ।प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्ने छ । प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । त्यस्तै, फाइनल खेलका लागि भने  सामान्यतर्फ ५०० रुपैयाँ नै रहँदा भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

तोकियो एनपीएलको टिकट मूल्य,सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ

सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भीआईपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको क्यानको विज्ञप्तीमा उल्लेख छ। क्यानले सिजनल पास खरिद गर्ने दर्शकलाई एक्रिडिटेसन कार्ड र आधिकारिक मर्चन्डाइजको व्यवस्था गरिने समेत जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button