Banner NewsBanner news (with photo)ताजा समाचारत्रिपुरासुन्दरी गाउँपालिकादेशमुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय समाचार

त्रिपुरासुन्दरी गाउँपालिका ७ खहरेमा निर्माण भएको बेलिब्रिजको कृषि मन्त्री अधिकारीले उद्घाटन गर्ने

त्रिपुरासुन्दरी गाउँपालिका ७ खहरेमा निर्माण भएको बेलिब्रिजको कृषि मन्त्री अधिकारीले उद्घाटन गर्ने

Spread the love by sharing this post

०८१,मंसिर १,शनिबार,

जिल्लाका त्रिपुरासुन्दरी गाउँपालिका ७ खहरेमा निर्माण भएको बेलिब्रिजको उद्घाटन आगामी मंसिर ४ गते कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्ने भएका छन् ।

पुल नहुँदा स्थानीयले दैनिक जीवनयापनमा दु:ख पाएका थिए । पुलकै कारण बिरामीले समयमा उपचार नपाएका घटना पनि स्थानीयले बेहोर्नुपरेको थियो । त्रिपुरासुन्दरीसहित,रुवीभ्याली हुँदै रसुवा नुवाकोट जान समेत सहज हुनेछ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीकाअनुसार बेलिब्रिजको  उद्घाटन आगामी मंसिर ४ गते १ बजे हुनेछ । बेलिब्रिज ६ करोड १२ लाख ७४ हजार ५ सय ७२ रुपैयाँ ९० पैसा लागतमा निर्माण भएको हो । २०७० सालमा पुल निर्माणको लागि पहल भएपनि राजनीतिक खिचातानीकै कारण बन्न सकेको थिएन । उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य पुष्पविक्रम मल्ल,रामबहादुर भण्डारी,पालिकाका जनप्रतिनिधि,वुद्धिजिवी र स्थानीयको उपस्थिति रहनेछ ।

२०८१ असार १७ गते सम्झौता गरेर २३ गते कार्यादेश पाएको जलपा नेपाल प्राइभेट लिमिटेडले तोकिएकै समयमा पुलको निर्माण सम्पन्न गरेपछि उद्घाटनको मिति आज तय भएको हो । कम्पनीले आफूले पाएको मिति (कात्तिक ३०) गतेभित्रै पुल निर्माण सम्पन्न गरेको इन्जिनियर अजयकुमार मेताले जानकारी दिए । पुल निर्माणको लागि पालिका अध्यक्ष राजु उप्रेती,उपाध्यक्ष देवराज धरेल,वडा नम्बर ७ का वडाअध्यक्ष सुवास अधिकारी दर्पणलगायत जनप्रतिनिधिले सहयोगसँगै खबरदारी गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button