Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार

दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट २९ करोडको कारोबार

दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट २९ करोडको कारोबार

Spread the love by sharing this post

०८१,पुस २,मंगलबार,

रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट  २९ करोडको कारोबार भएको प्रहरीको दाबी छ ।

रविका ३, निकिताका १३ र एक संयुक्त बैंक खाता जाँच गर्दा यो अवधिमा २८ करोड ९१ लाख जम्मा गरिएको र २९ करोड ७ लाख झिकिएको विवरण अनुसन्धान प्रतिवेदनमा छ ।

सबैभन्दा धेरै कारोबार लामिछानेका नाममा ग्लोबल आईएमई बैंकमा रहेको बैंक खाताबाट गरिएको छ । उक्त ३०–७०१०००–––३ नम्बरको खातामा सन् २०१६ डिसेम्बर ११ देखि २०२४ अक्टोबर १६ सम्म ८ करोड २६ लाख जम्मा गरिएको छ भने लगभग सबै रकम झिकिएको छ । त्यस्तै, लामिछाने र पौडेलका नाममा नेपाल बैंकमा रहेको ०६–४००१०––– –––०००–०१ नम्बरको संयुक्त खातामा ४ करोड १३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सोही बैंकको अर्को खाता २०–––३९०–––१–४९ मा २०२३ मे १४ देखि २०२४ नोभेम्बर २५ सम्म १ करोड ५ लाखको कारोबार भएको छ । उनकै ग्लोबल आईएमईको खाता नम्बर १३–५० –––००–––२६ मा २ करोड २९ लाख र नेपाल बैंक लिमिटेडको खातामा २ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ । यति ठूलो कारोबार भए पनि पछिल्लो समय उनीहरूका सबै खातामा गरेर कुल ७ लाख ७४ हजार रुपैयाँ मात्र मौज्दात राखिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button