Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचार
धादिङबेशीमा भएको प्याब्सनको शिक्षक लोक नृत्यमा एड्भान्स र चिल्ड्रेनपार्क प्रथम (फोटो फिचर)
धादिङबेशीमा भएको प्याब्सनको शिक्षक लोक नृत्यमा एड्भान्स र चिल्ड्रेनपार्क प्रथम (फोटो फिचर)
धादिङबेशीमा भएको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी र चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ ।
बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दिवस तथा ११ औँ जिल्ला अधिवेशनको अवसरमा प्याब्सनले आयोजना गरेको प्रतियोगितामा एड्भान्स एकेडेमी र चिल्ड्रेनपार्क प्रथम भएको हो । प्याब्सन धादिङका अनुसार दुबै विद्यालयले समान १७४÷१७४ अंक ल्याए पछि दुबैलाई प्रथम बनाईएको हो ।
प्रतियोगितमा रोजमेरी चाईल्ड केयर बोर्डिङ स्कुल द्वितीय, आधारशिला पाठशाला तृतीय भएको छ भने मुनाल एकेडेमी, सल्यानटार बालविकास र त्रिपुरेश्वर बोर्डिङ स्कुल सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना भएका विद्यालयलाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा प्याब्सनमा आवद्ध ७ विद्यालय सहभागी थिए । विजेता विद्यालय र शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रिय उपाध्यक्ष किशोर कुमार गौतम, उपाध्यक्ष थकिन कुमार गुरुङ, प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।त्यस्तै एसइइ, कक्षा १२ लगाएतका परिक्षामा उत्कृष्ट जिपिए ल्याउने बिद्यालय, विद्याथीलाई सम्मान गरिएको थियो ।