धादिङमा दुई दिने कौशी खेती तालिम संचालन
धादिङमा दुई दिने कौशी खेती तालिम संचालन
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका स्थानीयलाई कौशी खेती शहरी कृषि प्रविधि सम्बन्धि प्रवर्द्धनका लागि धादिङबेसीमा ‘कौशी खेती तालिम’ आजबाट सुरु भएको छ ।
घरको कौशी, बरण्डा तथा छतमा ताजा तथा स्वस्थकर तरकारी उत्पादन गर्ने उद्देश्यले दुई दिने कौशी खेती शहरी कृषि प्रविधि सम्बन्धि तालिमको आयोजना गरिएको हो ।
विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘यो कार्यक्रम खेतीपाती गर्ने जग्गाजमिन नभएकाहरुका लागि हो । आफ्नै छतमा विषादीरहित स्वस्थकर तरकारी फलाउने र तरकारीमा हुने खर्च न्यूनिकरण गर्ने नै हो । यसले मानिसलाई स्वस्थसँगै आत्मनिर्भर बनाउन पनि सहयोग पुग्नेछ ।
तालिममा सहभागीहरुलाई तालिम पश्चात कौशी खेतीका लागि आवश्यक सर सामान पनि वितरण गरिने वडा सदस्य सन्तोष थापाले बताए । ‘बजारमा तरकारीको अत्यधिक माग छ । तर अत्यधिक विषादीयुक्त तरकारी मात्रै बजारमा पाइन्छ’ उनले भने ताज, स्वस्थकर तरकारी तथा फलफुल खाने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।
नीलकण्ठ नगरपालिका कृषि शाखाको समन्वयमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा आज र भोलि तालिम दिइँदै छ । धादिङबेसीका ४४ जना स्थानीयहरु सहभागिता रहेको छ ।