Banner NewsBanner news (with photo)Uncategorizedखेलकुदताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचार

धादिङमा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भोलि बाट सुरु,खेल तालिका सार्वजनिक

धादिङमा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भोलि बाट सुरु,खेल तालिका सार्वजनिक

Spread the love by sharing this post

०८१,मंसिर५,बुधबार,

धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा जिल्ला भलिबल संघ धादिङको आयोजनामा आगामी मंसिर ६ गतेदेखी ८ गतेसम्म सदरमुकाम धादिङबेशीमा जिल्लाको अन्तर पालिका स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

जिल्ला भलिबल संघ धादिङले धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा आयोजना गरेको महिला/पुरुष भलिबल प्रतियोगिताको खेल तालिका मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो।

प्रतियोगिता लिक कम नक आउटका आधारमा सञ्चालन हुने,प्रतियोगिताको उद्घाटन भोलि बिहिबार दिउँसो २ बजे हुने भएता पनि खेल भने विहान ८ बजेबाट नै सुरु गरिने प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको बिमा गरिने भलिबल संघका अध्यक्ष गुरुङले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतासिंह तामाङको प्रमुख आतिथ्यतामा आज जिल्ला भलिबल संघ धादिङले खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ८ समूहले भाग लिने आयोजकले जनाएको छ ।

जसअनुसार पुरुषमा रुवीभ्याली गाउँपालिका, खनियावास गाउँपालिका, लिङ्जो युवा क्लब, सिङ्गङ एकता समाज, नेत्रावति डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र गल्छी गाउँपालिका रहेको छ ।

त्यस्तै महिला तर्फ ग्ांगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, गल्छी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र केबलपुर हरिहर भोजकुमारि मा.वि. थाक्रे रहेको छ।

उहाँका अनुसार उद्घाटन समारोहमा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा र समापन समारोहमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहने छ।

धादिङमा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भोलि बाट सुरु,खेल तालिका सार्वजनिक

धादिङको गंगाजमुना गाउँपालिका–४,गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान श्रेष्ठको ०८० कात्तिक ९ गते सिद्धलेकको खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो।

टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो । उनैको सम्झनामा स्मृति कप आयोजना गरिएको भलिबल संघका अध्यक्ष गुरुङले बताउनुभयो ।

पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद १ लाख १ हजार १११ सहित ट्रफि,मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद ५५ हजार ५५५ र सेमिफाइनलमा पुग्ने टिमहरुलाई रु.२०/२० हजार प्रदान गरिने धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक)ले जानकारी दिनुभयो । महिला भलिबल तर्फ प्रथम हुनेले नगद ५५ हजार ५५५ सहित ट्रफि,मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ३० हजार ३३० र सेमिफाइनल पुग्ने टिमहरुलाई रु.१५/१५ हजार पाउने,यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

धादिङमा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भोलि बाट सुरु,खेल तालिका सार्वजनिक

धादिङमा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भोलि बाट सुरु,खेल तालिका सार्वजनिक

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button