Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचारस्वास्थ्य

धादिङ अस्पतालको ईतिहासमा छैटौं अध्यक्षको रुपमा पहिलो पटक महिला अध्यक्ष पदभार ग्रहण

धादिङ अस्पतालको ईतिहासमा छैटौं अध्यक्षको रुपमा पहिलो पटक महिला अध्यक्ष पदभार ग्रहण

Spread the love by sharing this post

धादिङबेशीमा रहेको धादिङ अस्पताल धादिङको सञ्चालन तथा व्यवस्थापन समितिका बिहिबार एक कार्यक्रमका बीच अध्यक्ष सापकोटाले पदभार ग्रहण गर्नुभएको हो ।

अध्यक्ष सापकोटाले अस्पतालको भवन निर्माणको म्एच् संशोधन गरी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराई भवन निर्माण कार्य अगाडी बढाउने, डायलाईसिस सेवालाई थप विस्तार गरी डायलाईसिस सेवा लिन प्रतिक्षारत बिरामीहरुलाई सेवा प्रवाहको व्यवस्था मिलाउने र अस्पतालमा खानेपानीको समस्यालाई समाधान गर्न बागमती प्रदेश सरकारसँग पहल गरी खानेपानीको व्यवस्थापन (डिप बोरिङ) गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

धादिङ अस्पतालको ईतिहासमा छैटौं अध्यक्षको रुपमा पहिलो पटक महिला अध्यक्ष पदभार ग्रहण

उहाँले अस्पतालको मुहार फेर्न सामुहिक प्रयास बाट मात्रै सकिने भन्दै बिकास निर्माण र सेवा सुविधाको विस्तारमा हातेमालो गर्न आग्रह गर्नुभयो। उहाँले अस्पतालमा सुझाव संकलन कार्यलाई ब्यवस्थित गरि सवैको सल्लाह सुझाव अनुसार काम गर्ने बताउनुभएको छ ।पदभार ग्रहण पछी औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष सापकोटाले विगतमा भएका सुधारका कामलाई निरन्तरता दिने र थप सेवालाई विस्तार गर्ने बताउनुभयो।

सापकोटालाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट यहि पुष ७ गते धादिङमा रहेको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button