धादिङ अस्पतालमा आजबाट दुई दिने आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर शुरु
धादिङ अस्पतालमा आजबाट दुई दिने आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर शुरु
बाग्मती प्रदेश र धादिङ अस्पतालको संयुक्त आयोजना र जनस्वास्थ्य कार्यलय धादिङको सहयोगमा आजदेखी पाठेघर खस्ने समस्या सम्बन्धी दुई दिने निःशुल्क शल्यक्रिया शिविर धादिङ अस्पतालमा शुरु भएको छ।
शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माले धादिङ अस्पालले अहिले विभिन्न सेवाहरु थप गरेकोमा धन्यवाद दिनुभयो । साथै नीलकण्ठ नगरपालिकाको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने यस्ता कामहरुमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गाउँगाउँमा तथा शहरी क्षेत्रमै पनि लुकेर बसेका यस्ता स्वास्थ्य समस्याहरुको न्यूनीकरणको लागि स्थानिय तह र अस्पताल मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले महिलाहरुले लुकाई रहेको यस्ता समस्याहरुलाई समाधान गर्नको लागि यस्तो खाले शिविरको आवस्यकता रहेको बताउनुभयो । पाठेघर खस्ने समस्याले स्वास्थ्य समस्या मात्रै नभएर पारिवारी सम्बन्धमा असर पर्ने गरेको बताउनुभयो र अस्पतालका ब्यबस्थापन समितीको अध्यक्ष राधिका सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नगर उप प्रमुख दिपक विश्वर्माको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको विशेष आतिथ्यता रहेको कार्यक्रममा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख बिभु कुमार झा,निमित्त अस्पताल निर्देशक गगन अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीका अनुसार शिविरमा किस्ट मेडिकल कलेजमा कार्यरत बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. यम दुवाको टीमले शल्यक्रिया गरेको हो । शिविरको पहिलो दिन आज ११ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुको अप्रेशन गरीएको डा. अधिकारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।