Banner NewsBanner news (with photo)ताजा समाचारत्रिपुरासुन्दरी गाउँपालिकादेशपर्यटनफिचरफोटो फिचरमुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचार

धादिङ आइपुगोको नेपाली सेनाकाे ‘एकीकरण पदयात्रा’ लाई धादिङमा स्वागत (फोटो फिचर)

धादिङ आइपुगोको नेपाली सेनाकाे 'एकीकरण पदयात्रा' लाई धादिङमा स्वागत (फोटो फिचर)

Spread the love by sharing this post

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग प्रयोग गरेको पदमार्गलाई पहिचान गरी नेपाली सेनाले सुरु गरेको एकीकरण पदमार्ग पदयात्रा धादिङकाे सल्यानटारमा भव्य स्वागत गरिएकाे छ ।

धादिङ आइपुगोको नेपाली सेनाकाे 'एकीकरण पदयात्रा' लाई धादिङमा स्वागत (फोटो फिचर)

नेपाली सेनाले पृथ्वी जयन्तीको अवसर पारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि टर्च, राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाका पाँच कम्पनीका झन्डासहित सुरु पदयात्रा धादिङ आइपुगेको हो ।

धादिङ आइपुगोको नेपाली सेनाकाे 'एकीकरण पदयात्रा' लाई धादिङमा स्वागत (फोटो फिचर)

गोरखाबाट सुरु भएको पदयात्रामा टर्च, राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झण्डा समावेश गरिएकाे छ । गाेरखाकाे रिपुमर्दन गणले धादिङको शिवदल गणलाई झन्डा र टर्च हस्तान्तरण गरेपछि धादिङ खण्डको पदयात्रा शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, सेनानी हेम प्रसाद शिवाकोटीकाे टाेलीले गर्‍याे ।

धादिङ आइपुगोको नेपाली सेनाकाे 'एकीकरण पदयात्रा' लाई धादिङमा स्वागत (फोटो फिचर)

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा १८०२ मा नुवाकोटमा हमला गर्दा गोरखा राज्यले बूढीगण्डकी किनारमा रहेको बोर्लाङ्गघाट पार गरी सल्यान्टार, सामरी भञ्ज्याङ हुँदै धादिङको पदमार्ग प्रयोग गरेको इतिहास छ । तत्कालीन समयमा काठमाडौंको हनुमान ढोका र गोरखासम्मको दूरी २६ कोस रहेको र कोसैपिच्छे ढुङ्गा गाडिएकोमा सात वटा कोसेढुङ्गा धादिङमा रहेका छन् । सल्यानटनर, रानीपौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोक्टिनी र थर्पुमा कोशेढुङ्गा छन् । धादिङ खण्डमा तीन दिन हुने पदयात्रा यिनै कोशेढुङ्गा भएर गरिने छ । २१ गतेदेखि सुरु भएको पदयात्रा पौस २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौं पुगेर सकिने छ ।

 

 

धादिङ आइपुगोको नेपाली सेनाकाे 'एकीकरण पदयात्रा' लाई धादिङमा स्वागत (फोटो फिचर)

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button