Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारनीलकण्ठ नगरपालिकाफिचरफोटो फिचरमुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचार

धादिङ उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा तथा ११ औं जिल्ला अधिबेसन शुरु (फोटो फिचर)

धादिङ उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा तथा ११ औं जिल्ला अधिबेसन शुरु (फोटो फिचर)

Spread the love by sharing this post

धादिङ उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा तथा ११ औं जिल्ला अधिवेशन शुक्रबारबाट शुरु भएको छ ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

धादिङ उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा तथा ११ औं जिल्ला अधिबेसन शुरु (फोटो फिचर)

पहिलो दिन आज उद्घाटन समारोह एवं बन्दसत्र हुँदैछ । भोलि शनिबार निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिले जनाएको छ ।कार्यक्रमको संविधान सभा सदस्य पुष्व विक्रम मल्ल, एमाले धादिङका ईञ्चार्ज खेम लोहनी, नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

धादिङ उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा तथा ११ औं जिल्ला अधिबेसन शुरु (फोटो फिचर)

समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले विकास निर्माण, उद्योग, कृषि लगायतका क्षेत्रमा धेरै काम गर्नु पर्ने भए पनि आर्थिक संकुचनका कारण नसकिएको बताएका हुन् । नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदारहँदै पनि यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिवी न्यूनीकरण र निर्यातमा सोचेजति योगदान पुर्याउन नसकेको उनले बताए । ‘६० भन्दा बढी धादिङबेसीका सटर किन बन्द भयो ? यो बुझ्न जरुरी छ’, उनले भने– ‘पहिले कोठा पाइदैन थियो । अहिले धमाधम सटर बन्द हुन थालेका छन् । कहिलेपनि खुल्दैन के कारण होला ? व्यवसायले यस तर्फ ध्यान दिनु पर्छ । कृषि लगायत सबै क्षेत्रमा सरकारले मात्रै विकास गर्न सक्दैन । सबै मिले मात्रै विकासको सम्भावना छ । सबै मिलरे काम गरौं ।

धादिङ उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा तथा ११ औं जिल्ला अधिबेसन शुरु (फोटो फिचर)

कृषि प्रधान देश भनेर चिनिने नेपालमा कृषि क्षेत्रमा आयात गर्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘अहिले ६२ प्रतिशतमा खुम्चिएको छ । यो कारण किन हो सोच्नुपर्ने अवस्था छ । बाँझो जग्गामा हरियारी बनाउन नसक्दा आयातमा बाँच्नु परेको छ । तीन तहको सरकार छ । तर हामी बाँझो जमिन टुलुटुलु हेरेर बसि रहेका छौं’ उनले भने– ‘बाँझो जग्गालाई हरियाली बनाउन आश्वयक छ । व्यवसायलाई कृषितर्फ लैजाऔं । राज्य त्यो पखेरामा पनि चाहन्छ । हामी त्यो संकल्पका साथ अघि बढेका छौं । व्यवसायी साथीहरुलाई मेरो आग्रह छ । तपाईहरु लाग्नुहोस्, सहयोग गर्न कृषि मन्त्रालय सदैब तत्पर छ ।

धादिङ उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा तथा ११ औं जिल्ला अधिबेसन शुरु (फोटो फिचर)

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button