Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचार

नारायणगढ सडकको सत्र किलोमा माइक्रोबस र बस ठोक्किए ४ जनाको मृत्यु,६ जना घाइते

नारायणगढ सडकको सत्र किलोमा माइक्रोबस र बस ठोक्किए ४ जनाको मृत्यु,६ जना घाइते

Spread the love by sharing this post

०८१,कात्तिक २३,शुक्रबार,

चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा शुक्रबार बिहान तीन बजे बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस  बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए।

दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको डीएसपी रिजालले जानकारी दिए ।

घाइते गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका वर्षका राजबहादुर गुरुङको मृत्यु भएको डीएसपी रिजालले बताए। त्यसैगरी चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ।

अन्दाजी ३२ वर्षका पुरुष र ३५ वर्षका अर्को पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नाम ठेगाना नखुलिसकेका माइक्रोबसका यात्रुहरू रहेको डीएसपी रिजालले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button