Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचार

नीलकण्ठ नगरपालिकाकोे दोस्रो नगर सभाको छैठौ हिउँदे अधिवेशन सम्पन्न,पुँजीगततर्फ १६ दशमलव ८७ प्रतिशत खर्च (फोटो फिचर)

नीलकण्ठ नगरपालिकाकोे दोस्रो नगर सभाको छैठौ हिउँदे अधिवेशन सम्पन्न,पुँजीगततर्फ १६ दशमलव ८७ प्रतिशत खर्च (फोटो फिचर)

Spread the love by sharing this post

०८१,मंसिर १२,बुधबार,

नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ हिउँदे अधिवेशन आज बुधबार सम्पन्न भएको छ,नीलकण्ठ नगरपाािलकाले आर्थिक बर्ष ०८१/०८२ को लागी नीति तथा कार्यक्रम सावजनिक गरेको छ ।

शनिबार नीलकण्ठ नगरपालिकाले दोस्रो नगर सभाको पाँचौ अधिबेशन आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।नगर सभामा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट पास गरिएको छ ।दोस्रो नगरसभाको छैठौ अधिबेशनमा नगर उप प्रमुख दिपक बिश्वकर्माले आगामी आर्थिक बर्षको अनुमानित बजेट पेश गर्नु भएको छ ।

नीलकण्ठ नगरपालिकाकोे दोस्रो नगर सभाको छैठौ हिउँदे अधिवेशन सम्पन्न,पुँजीगततर्फ १६.८७ प्रतिशत (फोटो फिचर) खर्च

चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम संशोधन सहित नीलकण्ठ नगरपालिकाको कृषि विधेयक,२०८१,नगर प्रहरी व्यवस्थापन विधेयक,२०८१ पारित गर्दै सम्पन्न भएको छ ।प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्थाको समिक्षा प्रतिवेदन समेत प्रस्तुत गरीएको थियो । नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाले नगरबासीको भावनालाई सम्बोधन गरेर काम गरीरहेको बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाले १२ कक्षाको सम्मको शिक्षा निशुल्क गरेर स्थानीय सरकारको आभास गराउने काम गरेको बताउनुभयो ।शैक्षिक गुणस्तर बृद्धिको लागि नगरपालिकाले शिक्षामा धेरै काम गरीरहेको बताउनुभयो । साथै वडा कार्यालय सम्म पिच गर्ने नीति अनुसार काम भईरहेको भन्दै उहाँले एकाध वडा बाहेर अन्य वडा सम्म कालोपत्रे सम्पन्न भईसकेको बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाकोे दोस्रो नगर सभाको छैठौ हिउँदे अधिवेशन सम्पन्न,पुँजीगततर्फ १६.८७ प्रतिशत (फोटो फिचर) खर्च

स्वास्थ्य,खानेपानी,खेलकुद,कृषि,पर्यटन लगायतको क्षेत्रमा नगरपालिकाले काम गरीरहेका भन्दै उहाँले उत्साह र आशा जनगाउने गरी काम गरीरहेको बताउनुभयो । नगरपालिकाको बजेटले मात्रै विकास गर्न नसकिने भन्दै उहाँले दातृ निकायसँगको सहकार्यमा काम गरीरहेको समेत बताउनुभयो । यसैगरी नगर उप प्रमुख दिपक विश्वकर्माले आर्थिक् बर्ष ०८०÷८१र चालू आर्थिक बर्षकोे कार्तिक मसान्तसम्मको बजेट कार्यान्वयन प्रतिवेदन तथा विनियोजन ऐन, २०८१ र आर्थिक ऐन, २०८१ मा संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

चालु आव २०८०\८१ को ६ महिनामा दोस्रो नगर सभाको छैठौ अधिवेशनबाट विनियोजित बजेट पुँजीगततर्फ १ अरब २२ करोड ३९ लाख ९२ हजार  मध्ये मिति २०८१ मंसिर ११ गते सम्मको खर्च रु २० करोड ६२ लाख ५२ हजार ४ सय २५ रहेको छ । जुन विनियोजनको आधारमा १६.८७ प्रतिशत खर्च भएको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नीलकण्ठ नगरपालिकाकोे दोस्रो नगर सभाको छैठौ हिउँदे अधिवेशन सम्पन्न,पुँजीगततर्फ १६.८७ प्रतिशत (फोटो फिचर) खर्च

आज नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि सर्वसमत पारित भएको छ ।उठेका सवालहरु माथि नीलकण्ठ नगरपालिकाका नगर भीम प्रसाद ढुंगानाल प्रष्ट पार्नुभएको थियो ।

नीलकण्ठ नगरपालिकाकोे दोस्रो नगर सभाको छैठौ हिउँदे अधिवेशन सम्पन्न,पुँजीगततर्फ १६.८७ प्रतिशत (फोटो फिचर) खर्च

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button