Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचार

नेपाली भलिबल टोलीका ११ औं कप्तान मानबहादुरले लिए सन्न्यास

नेपाली भलिबल टोलीका ११ औं कप्तान मानबहादुरले लिए सन्न्यास

Spread the love by sharing this post

२०८१,कात्तिक ४,आइतबार,

नेपाली राष्ट्रिय भलिबल टिमका ११ औं कप्तानले आइतवार सामाजिक सन्जाल मार्फत मानबहादुरले सन्न्यासको घोषणा गरेका हुन् ।

मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान थिए,धेरै सोचविचार पछि मैले नेपाली राष्ट्रिय टोलीको कप्तानी त्याग्ने र अवकाश लिने निर्णय गरेको छु। यो निर्णय लिन सहज थिएन, यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएको बताइएका छन् ।

नेपाली भलिबल टोलीका ११ औं कप्तान मानबहादुरले लिए सन्न्यास

सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका श्रेष्ठले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन्। सन् २०१७ मा माल्दिभ्समा भएको सेन्ट्रल जोनमा नेपाल तेस्रो हुँदा उनले वेस्ट आउटसाइड सेकेन्ड अट्याकरको अवार्ड जितेका थिए ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ९ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका थिए । २७ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

नेपाली भलिबल टोलीका ११ औं कप्तान मानबहादुरले लिए सन्न्यास

मानबहादुर १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बीच भलिबल टोलीका कप्तान थिए । उनले गत वर्ष र योवर्ष साउनमा बीच भलिबलकै कप्तानी गर्दै काभा बीच भलिबलमा नेपाललाई रजत पदक जितेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button