ताजा समाचारमुख्य समाचारसमाचारस्वास्थ्य

पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषणको चपेटामा

पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषणको चपेटामा

Spread the love by sharing this post

पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषणबाट पीडित रहेको युनिसेफको एक अध्ययनले देखाएको छ ।

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा झण्डै ५० प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको हालसालैको पोषण सर्वेक्षणले देखाएको समाचार संस्था एपीएफले जनाएको छ ।

युनिसेफले पाकिस्तानसहित १२ देशहरूमा जीवन बचाउने अत्यावश्यक सामग्रीको लागि कोषको अभाव अर्थात आर्थिक स्रोतको अभावका कारण बालबालिकाहरू ज्यानै गुमाउने जोखिममा रहेको बताएको छ ।

यीमध्ये धेरै बालबालिकाका लागि दादुरा जस्ता रोगहरू घातक हुन सक्छन्। उनीहरूको शारीरिक विकास र तौल उनीहरूका साथीहरूको तुलनामा निकै कम हुन्छ । बलुचिस्तानका सबै ३६ जिल्लाहरूमा फैलिएका झन्डै आधा सङ्ख्याका बालबालिकाहरूले गम्भीर खाद्य असुरक्षाको अनुभव गरिरहेका छन् ।

कुपोषणले बालबालिकाको बृद्धि र विकासमा बाधा पुर्‍याउने मात्र नभई तिनीहरूको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाउँदै विभिन्न रोग लाग्ने सम्भावना बढाएको चिकित्सकले जनाएका छन् । यी बच्चाहरूलाई विशेष हेरचाह र उनीहरूको पोषण आवश्यकता पूरा भएको सुनिश्चित गर्न नजिकको निगरानी आवश्यक छ। ​बलुचिस्तानले सन् २०१८ देखि पोषण आपतकालको सामना गरिरहेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button