Banner NewsBanner news (with photo)ताजा समाचारदेशनीलकण्ठ नगरपालिकाफिचरफोटो फिचरमुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचार

प्याब्सन धादिङकाे आयाेजनामा जिल्ला स्तरीय लाेकनृत्य प्रतियाेगिता २०८१ सम्पन्न (फोटो फिचर)

प्याब्सन धादिङकाे आयाेजनामा जिल्ला स्तरीय लाेकनृत्य प्रतियाेगिता २०८१ सम्पन्न (फोटो फिचर)

Spread the love by sharing this post

०८१,मंसिर १४,शुक्रबार,

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन जिल्ला कार्यसमिति धादिङकाे आयाेजनामा जिल्ला स्तरीय लाेकनृत्य प्रतियाेगिता सम्पन्न भएको छ ।

आज धादिङबेसी स्थित एड्भान्स एकेडेमी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको छनौट प्रतियोगितामा प्रथम हुदै बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएको हो ।

प्याब्सन धादिङकाे आयाेजनामा जिल्ला स्तरीय लाेकनृत्य प्रतियाेगिता २०८१ सम्पन्न (फोटो फिचर)

जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम सक्सेस एकेडेमी गल्छी,द्वितीय चिल्ड्रेन पार्क आवासिय धादिङबेसी ,तृतीय एड्भान्स एकेडेमी धादिङबेसी र राईजिङ स्टार स्कुल भएका छन । प्रतियाेगितामा ४ वटा विद्यालयबाट सहभागी रहेको थियाे ।

प्याब्सन जिल्ला अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा सल्लाहकार रमेशकुमार श्रेष्ठको विशेष आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्याव्सन धादिङका पदाधिकारी लगायत विभिन्न बोडिङका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो ।

प्याब्सन धादिङकाे आयाेजनामा जिल्ला स्तरीय लाेकनृत्य प्रतियाेगिता २०८१ सम्पन्न (फोटो फिचर)

कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष विनोदमान श्रेष्ठले प्याब्सनले विद्यार्थीहरूलाई अध्ययन अध्यापनकाे साथ साथै उनिहरूकाे क्षमताकाे पहिचान गर्न विभिन्न विधाहरूमा रहि प्रत्येक बर्ष यस्ता अतिरिक्त क्रियाकलापहरू गर्दै आएकाे बताउनुभयो । जिल्ला स्तरमा भएको प्रतियाेगिताबाट छनाेट भएको विद्यालय प्रदेशमा जाने र प्रदेश स्तरबाट छनाेट भए पछि राष्ट्रिय प्रतियाेगितामा सहभागी हुने बताउनुभयो ।केन्द्रले आयाेजना गरेको कार्यक्रममा धादिङ जिल्लाले विगतका दिनमा निरन्तर रूपमा सहभागी भएको बताउनुभयाे ।

प्याब्सन धादिङकाे आयाेजनामा जिल्ला स्तरीय लाेकनृत्य प्रतियाेगिता २०८१ सम्पन्न (फोटो फिचर)

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button