Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसमाचार

फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो,१३ वर्षपछि

फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो,१३ वर्षपछि

Spread the love by sharing this post

नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो,मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो ।

नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हातपारेको हो । सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो । दशरथ रंगशालमा भएको त्यस खेलमा भरत खवासले गोल गरेका थिए ।

डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रोहितले ७८औं मिनेटमा गोल थपे । नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक-एक गोल गरे । दुवै गोल‌ दोस्रो हाफमा भएको थियो ।

फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध अवे खेलमा जित हात पारे यता यो नेपालको पहिलो  जित हो । लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो । विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button