Banner NewsBanner news (with photo)ताजा समाचारदेशधुनीबेसी नगरपालिकामुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचार

बालिकालाई बाल यौन दुरव्यवहार गरेको कसुरमा एक वृद्धलाई एक वर्ष कैद

बालिकालाई बाल यौन दुरव्यवहार गरेको कसुरमा एक वृद्धलाई एक वर्ष कैद

Spread the love by sharing this post

०८१,मंसिर २४,सोमबार,

९ वर्षीया बालिकालाई बाल यौन दुरव्यवहार गरेको कसुरमा धुनीबेसी नगरपालिका–७ का ७८ वर्षीय (डम्बरबहादुर दहाल) लाई एक वर्ष कैद गर्ने फैसला सजायको फैसला सुनाएको छ।

जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले कसुरदारलाई एक वर्ष कैद, २० हजार जरिवाना र ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गर्नुभएको जिल्ला अदालतका सूचना अधिकारी ध्रुब सुवेदीले जानकारी दिनुभयो ।
०८१ कात्तिक ४ गते  जबरजस्ती करणी उद्योग गरेको आरोपमा कसुरदार विरुद्ध पीडित पक्षले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको धादिङ अस्पतालमा कात्तिक ५ गते स्वास्थ्य परिक्षण भयो ।

घटनाको प्रकृति र प्राप्त प्रमाणहरुको आधारमा जिल्ला अदालतले जबरजस्ती करणी उदोग नभइ यौन दुरव्यवहारमा परिणत गरि कसुरदारलाई सजायाँ गरिएको हो ।

 जिल्ला सरकारी वकिल कार्यालय धादिङ मार्फत कात्तिक २८ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा कात्तिक २९ गतेदेखि कसुरदार थुनामा थिए  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button