देशमुख्य समाचारराजनीतिसमाचार

बालेन साहको भनाई : नेताहरूले देशै बेच्न लागे भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ

बालेन साहको भनाई : नेताहरूले देशै बेच्न लागे भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ

Spread the love by sharing this post

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन’, उनले लेखेका छन्,तपाईँहरुले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।

नेपवेस्ट नामको निजी कम्पनीले महानगरको फोहोर व्यवस्थापनमा अवरोध गरेको र त्यसलाई राजनीतिक नेतृत्वले सहयोग पुर्‍याएको भन्दै उनले अदालतको आदेशबाट त्यो अवरोध हटेको बताएका छन् ।

उनले काठमाडौंको फोहोर व्यवस्थापनको दिगो समाधन रहेको दाबी गरेका छन्। समस्या समाधानको बाटोमा आफू कसैसँग नझुक्ने उनले बताएका छन्। ‘हामी स्पष्ट छौँ, काठमाडौंको फोहोरको दिगो समाधान सम्भव छ। यो काठमाडौंको अधिकारको कुरा हो। हामीले फोहोर थुपारेर वर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरेडाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो’, उनले भनेका छन्, ‘यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको बिषय हो। हामी समस्या समाधानको बाटोमै छौ अवरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बढ्नेछौँ।’

उनले अब पनि महानगरको काममा अवरोध पुर्‍याउने प्रयास हुने आशंका व्यक्त गरेका छन्। साहले फोहोरमा राजनीति गर्ने दिन सकिएको भन्दै राजनीतिक दाउपेच छाडेर महानगरको कार्यमा सहयोगी बन्न आग्रह गरेका छन् । काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ। फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ’, उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन्। तर हामी रोकिने छैनौँ। फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुन: जानकारी गराउँछौँ। यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button