Banner NewsBanner news (with photo)गजुरी गाउँपालिकागल्छी गाउँपालिकाताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसमाचारस्थानीय तहस्थानीय समाचारस्वास्थ्य

बेल्खुमा ट्रमा सेन्टर निर्माणको काम साम्सदको विरोध र मन्त्रालयबिचको द्वन्द्वले सुरु हुनै सकेन,

बेल्खुमा ट्रमा सेन्टर निर्माणको काम साम्सदको विरोध र मन्त्रालयबिचको द्वन्द्वले सुरु हुनै सकेन,

Spread the love by sharing this post

०८१,कात्तिक ९,शुक्रबार,सीताराम अधिकारी,धादिङ
बढी दुर्घटना हुने क्षेत्र छानेर सरकारले प्रदेश स्तरको ट्रमा सेन्टर बनाउने योजना स्वास्थ्य मन्त्रालय, बन मन्त्रालय तथा संघीय साम्सदको आआफ्नो स्वार्थको कारण तिनवर्ष हुँदा समेत काम सुरु हुन सकेन ।

हरेक दिन १३ देखि १४ हजार सवारी साधन ओहोर दोहोर गर्ने पृथ्वीराजमार्ग हरेक दिन हुने दुर्घटनाले पिरोलिरहेको छ । सडक यातायात राम्रो नभएकोले काठमाण्डौमा विरामी लाँदा ज्यानै जाने गरेको पाइएको छ ।

जिल्ला समन्वय समिति धादिङले धादिङबेसीमा आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा संघीय साम्सद राजेन्द्र पाण्डेले सरकारले बजेट हालेर मात्र नहुने स्थानीय सरकारले माग नै नगरेको भएर अस्पताल नबनेको आरोप लगाउनुभयो । साम्सद पाण्डे अध्यक्ष भएको अस्पताल मलेखुमा सामुदायिक अस्पताल भनेर संचालनमा रहेकोले बेल्खुमा अस्पताल बनेमा साम्सद पाण्डे अध्यक्ष रहेको राजमार्ग सामुदायिक अस्पताल मलेखुको व्यापार नहुने,बेल्खुमा ट्रमा सेन्टर नबनाउन पैरवी नै गरिरहेको यस विषयका जानकार राजकुमार रिमालले बताउनुभयो ।

०७९/८० को बजेट बक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले ट्रमा सैनटरको सम्भाव्यता अध्यायन गरि डिपिआर समेत गर्न गल्छी गाउँपलिका वडा नम्बर ४ को बेल्खु क्षेत्रमा ट्रमा सेन्टर बनाउन प्रस्ताव गरेर बजेट छुट्याइएको थियो ।

स्थानीय पालिकाले काम नगरेको, माग नगरेको आरोप लगाउदै साम्सद पाण्डेले माग नभएको अनावस्यक योजनाको संज्ञा दिनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा परेको समनन्वय गर्ने काम साम्सदको हो नि भन्ने पत्रकारको जिज्ञासामा पाण्डेले प्रधानमन्त्रीलाई प्रश्न गर्न भन्दै आक्रोशित हुनुभयो ।

राजमार्गको बिच भागमै बन्ने आशा गरिएको ट्रमा सेन्टर २० रोपनी जग्गा बनले दिन आनाकानी गर्ने, योजना आयोगले राष्ट्रिय प्राथमिकता योजना भनेर पत्र नदिने, साम्सद आफू नै अध्यक्ष भएको अस्पताल चलाइरहेकोले यसलाई पहल नगर्ने भएपछि तिनवर्ष हुँदा पनि डिपिआर समेत नभएको बेल्खुबासीको भनाइ छ ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना धादिङले प्रगति समिक्षा कार्यक्रममा ट्रमा सेन्टर निर्माणका लागि २० रोपनी जग्गा ट्रमा सेन्टरको नाममा प्राप्त हुनु पर्नेमा नभएपछि काम नभएको कार्यालय प्रमुख बिदुर खड्काले बताउनुभयो ।
तर जग्गा यसरी उपलब्ध गराउन पहल भने गाउँपालिका बाहेक कुनै कार्यालयले गरेको पाइएको छैन । गाउँ पालिका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारी समेतले मन्त्रालय र विभागमा पटक पटक पालिकाको तर्फबाट गर्नुपर्ने काम गरेर योजना संचालन गर्न माग गरिरहेको बताउनुभएको छ ।

गल्छी गाउँपालिकाले स्वास्थ्य मन्त्रालय, बन मन्त्रालयसंग समन्वय गर्दा राष्ट्रिय योजना आयोगले प्राथमिकता प्राप्त आयोजना भनेर उल्लेख गरि पत्र लेख्नु पर्ने बताइएको छ । बन मन्त्रालयले बन क्षेत्र भएकोले संघीय सरकारले वास्ता नगरेकोले उपलब्ध गराउन नसक्ने बताउँदै ट्रमा सेन्टरको नाममा जग्गा उपलब्ध गराउन मानेको छैन ।
योजना परेपछि वडाबाट सिफारिस, विस्तृत वातावरणीय अध्यायन ९इआइए० गरेको, पालिकाले निर्णय सहित स्वास्थ्य मन्त्रालय, बन मन्त्रालयमा पुगेर रोकिएको गल्छी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष राजु अधिकारीले बताउनुभयो ।

स्वास्थ्य मनत्रालयले बन मन्त्रालाई देखाउने, बन मन्त्रालले योजना आयोग देखाउने, साम्सद पाण्डे परेको कार्यक्रमको सार्वजनिक कार्यक्रममा विरोध गर्दै हिड्ने भएपछि दुर्घटनाका घाईते उपचार गरेर ज्यान बचाउने सरकारी योजना ट्रमा सेन्टर निर्माण अलपत्र परेको हो ।
मन्त्रिपरिषद बैठकले जग्गा उपलब्ध गराउन पालिकाको आग्रहलाई आधार मानेर गर्ने हो भने ट्रमा सेन्टर बन्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button