अर्थतन्त्रताजा समाचारमुख्य समाचारसमाचार

बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाए

बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाए

Spread the love by sharing this post

वाणिज्य बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । कात्तिकमा २० वटा वाणिज्य बैंकको औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत रहेकोमा मङ्सिरमा शून्य दशमलव २० प्रतिशतले घटेर ५ दशमलव ९८ प्रतिशत कायम हुने भएको छ ।

यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका बैंकहरूले मङ्सिरका लागि पनि ब्याजदर घटाएका हुन् । बैंकमा पैसा थुप्रँदै गएपछि लागत घटाउन बैंकहरू निक्षेप सङ्कलन कम गर्न खोजिरहेका छन् । उद्योगी र व्यवसायीबाट कर्जाको माग नभएपछि बैंकहरूमा पैसा थुप्रिएर बसेको छ । बैंकमा अधिक तरलता भएपछि सस्तो ब्याजमा नेपाल राष्ट्र बैंकले पैसा तान्ने क्रम पनि बढेको छ ।

मङ्सिरका लागि २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका छन् । सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ब्याजदर एक प्रतिशत घटाएको छ । आठ वटा वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय बाणिज्य बैंकले भने व्यक्तिगत मुद्दतीको ब्याजदर पाँच दशमलव आठ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button