देशराजनीतिसमाचार

भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा- नयाँशक्ति

भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा- नयाँशक्ति

Spread the love by sharing this post

पोखरामा  सम्पन्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछि ‘नयाँ शक्ति’ थप्ने निर्णय गरेको छ ।

अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ।

विधान  अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ। विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो। पार्टीको नाम नेपाल समाजवादी पार्टी  (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ। अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन्।  निर्वाचन समिति ३३ सदस्यीय हुनेछन्। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ। पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको नेतृ मानुषी यमीले जानकारी गराइन् । विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button