Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारबेनिघाटरोराङ गाउँपालिकामुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचारस्वास्थ्य

पुष १९ गते,धादिङको महादेवस्थानमा निःशुल्क स्वास्थ्य शिविर हुने

पुष १९ गते,धादिङको महादेवस्थानमा निःशुल्क स्वास्थ्य शिविर हुने

Spread the love by sharing this post
लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीको आयोजनामा “मानवता हाम्रो प्राथमिकता” हाम्रो अभियानमा हजुरहरुको अमुल्य साथको आवस्यकता भन्ने मूल मर्मका साथ धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ महादेवस्थान स्वास्थ्य चौकीमा निःशुल्क शिविर पुष १९ गते विहान ८ वजेदेखि अपरान्ह ४ वजेसम्म चल्नेछ ।
जनस्वास्थ्य कार्यालय धादिङको समन्वय,धादिङ अस्पतालको प्राविधिक सहयोग र बेनिघाट रोराङ गाउँपालिकाको सह आयोजनामा शिविर सन्चालन गर्न लागिएको हो । बेनीघाटका विभिन्न ठाउँमा चेपाङ बस्तिहरु रहेका छन् उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले एक दिने स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा,बालरोग,स्त्री तथा प्रसुती,मानसिक रोग,मुख स्वास्थ्य,आँखा,जनरल सर्जरी,ईसिजी,युएसजी लगायतको सेवा प्रवाह गरिने लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीका अध्यक्ष कृष्ण प्रसाद ढकाल(शिशिर)ले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button