Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारविश्वसमाचार

महिला टी २० विश्वकप न्युजिल्यान्डले पहिलो पटक जित्यो

महिला टी २० विश्वकप न्युजिल्यान्डले पहिलो पटक जित्यो

Spread the love by sharing this post

२०८१,कात्तिक ५,सोमबार,

महिला टी–२० विश्वकप दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले फाइनलमा पहिलो पटक उपाधि जितेको छ ।

न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाइन् । न्युजिल्यान्डकी रोसमेरी मेयर र अमिला केरले समान ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरिन् । यस्तै ब्रुकी हालिडेले २८ बलमा ३ चौका प्रहार गर्दै ३८ रन जोडिन् । ओपनर सुजी बेट्सले ३१ बलमा ३२ रन बनाइन् । म्याडी ग्रीन १२ रनमा अविजित रहिन् ।दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको एलाबाले २ तथा आयोबोङ्गा खाका, कोल ट्राएओन र नादिन डे क्रेलर्कले समान १ विकेट लिए ।

न्युजिल्याण्डले सेमिफाइनलमा पूर्व विजेता वेष्ट इन्डिज तथा दक्षिण अफ्रिकाले साविक विजेतासहित सर्वाधिक ६ पटकको च्याम्पियन दक्षिण अफ्रिकालाई हराएर लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो । तर यस पटक पनि टोली उपविजेतामै समेटियो । सन् २०२४ मा दक्षिण अफ्रिकाको पुरुष र महिला दुवै टोली टी२० विश्वकपको फाइनल पुगेपनि उपाधि जित्न सकेन ।

गतवर्ष घरेलु मैदानमै भएको महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग पराजित भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button