Banner NewsUncategorizedताजा समाचारनीलकण्ठ नगरपालिकापर्यटनमुख्य समाचारसमाचारस्थानीय तहस्थानीय समाचार

मैले चिनेको धादिङ

मैले चिनेको धादिङ

Spread the love by sharing this post

आँखुको सुसेली ०८१ मंसिर अंकबाट लिएको

गायत्री खतिवडा,उपाध्यक्ष,जनता पुस्तकालय धादिङ,

म प्रायः जन्म, मृत्यु, कर्म, धर्मका विषयवस्तु खोजेर पढ्ने गर्छु । जीवन, अस्तित्व,प्रकृति, ब्रह्माण्ड, सभ्यता, संस्कृति लगायतका विषयमा चाख दिएर सुन्ने रहेर्ने गर्छु । जीवनमा कति कुरा दृश्य छ, कति कुरा अदृश्य छ । अदृश्य कुराले मान्छेलाई प्रकृति, सृष्टि, ब्रह्माण्ड, पञ्चतत्वसँग जोडेको छ । यही कुराले मानव अस्तित्वलाई हजारौं वर्षदेखि बचाउँदै आएको छ । त्यही अस्तित्वको एक अंश,
प्रकृतिको एक सिर्जना म पनि हुँ। यो आलेखमा मैले बुझेको र चिनेको धादिङको बारेमा दुई चार शब्द लेख्ने कोशिस गर्दैछु। धादिङको बारेमा यो लेख पूर्ण हुने छैन । मैले जति जानेँ र बुझेँ त्यति मात्रै अक्षर कोर्नेछु ।

पूर्वीय दर्शन अनुसार मानव सभ्यता ब्रह्माण्डको सृष्टिसंँगै शुरु भएको हो । नेपाल भूमि ज्ञान भूमि हो। ध्यान भूमि हो। तपोभूमि हो।नेपालको उत्तर पूर्वमा अवस्थित धादिङ जिल्ला पनि देवस्थल हो। पूज्य भूमि हो। “धादिङ” जिल्ला प्रातः स्मरणीय भूमि हो। मेरो आमा भन्नुहुन्छ हिमालय पर्वतमा भगवान शिवको निवास हुन्छ । उत्तरमा उभिएको हिमालय पर्वत गणेश हिमाल र प्याल्दोर हिमाल धादिङको शिर हो। मान्द्रो उभ्याएझैं गरी दक्षिणमा महाभारत पर्वत श्रृङ्खलाले बेरेको छ । धादिङ जिल्ला भित्र असब्ख्य देवदेवीको मन्दिरहरू, देवालयहरू रहेका छन् । त्यसैले पनि धादिङ देवस्थल हो। शिव भूमि हो। विष्णु भगवानले हिरण्य अवतार लिएर नृसिंह वध गरेको स्थल हो । नौ देवीहरूमध्ये एक देवी माता त्रिपुरासुन्दरीको घर, माइती र मावली भएको स्थान हो। धार्मिक हिसाबले मात्र होइन प्राकृतिक,
सांस्कृतिक, पर्यटकीय र पुरातात्विक हिसाबले पनि निकै सुन्दर भूमि हो  ।

उत्तरमा भोटदेखि दक्षिणमा महाभारत पर्वतमालासम्म लमतन्न परेर सुतेको छ । के छैन धादिङमा ? असंख्य जीवजन्तु, चराचुरुङ्गी, वनस्पति, नदीनाला, डाँडा, बेसी, टार, पहाड, हिमाल, खोला खहरे, दह र कुण्डले सिंगारिएको छ । सोह श्रृंगारले सजिएकी यौवना जस्तै यौवन पुष्पित देहलताले पूर्ण छिन् धादिङ । त्रिशुलीमा नुहाएर नीलकण्ठ महादेवको दर्शन गरी भैरवी मन्दिरमा पूजा गर्न सकिन्छ । बुढीगण्डकी नदीको पानी गाग्रीमा भरेर, आरुघाट बजार घुम्दै सल्यानटारमा भात पकाइ खान सकिन्छ । बेनिघाटबाट पसेर बुढीगण्डकीको किनारै किनार हिंडेर आरुघाट बजारमा बास बसी भोलि बिहान भालेको डाँकसँगै मनास्लु पदमार्गको उकालो चढ्न सकिन्छ । पैसाले किनेर नपाइने अमूल्य मनोरम सम्पदा प्रकृतिले निःशुल्क दिएको छ धादिङलाई । भगवान शिवको नेत्रवाट बगेको जल
नेत्रावती (आँखु) नदी तरेर गुम्दीको गुरुबगाउँको होमस्टेमा बास बसी गङ्गाजमुना माईको दर्शन गर्न सकिन्छ ।

धादिङबेसीमा अवस्थित नीलकण्ठ महादेवको पूजा गरी अलि माथि उक्लिएपछि वि.सं. १८६३ सालमा चन्द्रवीर थापा मगरले आफ्ना आमाबाबुको स्मृतिमा बनाएको पौवा घरमा थकाइ मारेर कपालको चुल्ठी जस्तो डाँडैडाँडा उकालो लागेपछि सुनौला बजारको शिरमा तीन सय वर्ष पुरानो भैरवी देवीको दर्शन गर्न पुगिन्छ । भैरव र भैरवीको दर्शन गरेर टाकुरामा उभिदा स्वर्ग भनेको यहीँ रहेछ भन्ने
लाग्नेछ किनकि त्यहाँबाट चारैतिर क्षितिजलाई निलेर आकाश छोएका एक दर्जन भन्दा बढी सेता हिमदरबार देख्न सकिन्छ । दुध पोखेजस्तो, चामलको पिठोले रेखी हाले जस्तो, कपासको घाँगर लगाइदिए जस्तो, सेतो रङ्गले चित्र कोरेजस्तो
चारैतिर मस्त हाँसेका हिमश्रृङ्खला सहजै देख्न सकिन्छ । नेपालको नवौं अग्लो हिमश्रृङ्खला अन्नपूर्ण हिमश्रृङ्खला, गङ्गापूर्ण हिमाल, लमजुब हिमाल, लाबटाब हिमाल, मनास्लु हिमाल, गणेश हिमाल, प्याल्दोर हिमाल, पाबिल हिमाल, माछापुच्छ हिमाल, धौलागिरी हिमाल एक अर्कोमा लगनको पटुका बाँधेर बसे झैं नछुट्टिकन बाँधिएर बसेका यी पर्वत एकै नजरमा देख्न सकिन्छ । यो भन्दा आनन्दमय क्षण अरु के होला ? यो भन्दा सुन्दर र मनमोहक स्वर्ग कहाँ होला ? हो स्वर्ग हेर्ने ठाउँ यहीँ धादिब हो। स्वर्ग स्वयम् धादिब हो। देशकै ठूलो टारहरू मध्येको एक “सल्यानटार” आँखु र बुढीगण्डकीको काखमा मुस्कुराइरहेको छ । परेवाटार, अमलटार, मजुवाटार, आदमटार, कल्लेरीटार,
कुमालटार, गजुरीटार, बाहुनटार, फजिमटार, कुमरीटार, तारुकाटार जस्ता टारहरू धादिङको अन्न भकारी हुन्। जस्ले हजारौं वर्षदेखि अन्न भण्डार भरिपूर्ण पारिदिएर मान्छेलाई बचाइराखेको छ । धादिबको भूमिमा हिमालको गर्भबाट बग्ने हिमनदी,
दर्जनौं खोला र खोल्सीहरूले मानव जीवनलाई प्राण दिएका छन्। सास दिएका छन्। गाँस दिएका छन्। पानी नहँुदो हो त जीवन कहाँ हुन्थ्यो र ? सिर्जना कहाँ बाँच्थ्यो र ? सृष्टि कसरी चल्थ्यो र ? हुग्दी खोला, मलेखु खोला, बेल्खु खोला, आग्रा खोला, महेश खोला, कोशी खोला, खानीखोला, चरौंदी खोला, थोपल खोला, पलाँखु खोला, आँशी खोला, अरुण खोला, आँखु खोला, कास्टे खोला, ह्यापिब खोला, सामरी खोला, डुन्डुरे खोला, किन्ताब खोला, लपाब खोला जस्ता खोलाहरूले हजारौं वर्षदेखि यहाँका मानव जीवनलाई अमृत रस पिलाइरहेका छन्। यी त मैले नाम सुनेका र जानेका खोला मात्रै हुन्। मैले नाम नसुनेका, नजानेका र यहाँ उल्लेख गर्न छुट भएका अनगिन्ति खोला, खोल्सी, झरना, तालतलैया छन्, कसको नाम लेख्नु कसको नलेख्नु । खोलामात्र होइन खानीहरू पनि यहीँ छ । धुषामा तामा खानी, जोगिमारामा चुनढुंगा खानी, गोगनपानीमा अभ्रख खानी, रुबीभ्यालीमा जस्ता, सिसा खानी, रुबि खानी, तामा र फलाम खानी यही भूमिको गर्भमा छ । मान्छेको गर्भबाट सृष्टि चल्छ भनेझैं प्रकृतिको गर्भमा पनि सृष्टि चलाउने र बचाउने बहुमूल्य वस्तु छन्। चुरो कुरो
हामीले खोज्यौं कि खोजेनौं ? चिन्यौं कि चिनेनौँ भन्ने कुरा हो। धादिङ वन जङ्गलले भरिपूर्ण जिल्ला हो । हरियो वन नेपालको धन भन्ने उखान प्रचलित बनाउन धादिबको पनि भूमिका छ भन्दा अतियुक्ति नहोला । साना र ठूला जङ्गलले घेरिएको धादिब ७०० वटा भन्दा बढी सामुदायिक वनले सुसज्जित छ ।

हाम्रा पुर्खाको उपचार पद्धति वनजङ्गलमा आधारित थियो। जङ्गल र जडीबुटीमा केन्द्रित रहेर उपचार गर्ने पद्धति आयुर्वेद पद्धति हो । नेपाल जस्तो देशमा प्रकृतिले मान्छेलाई रोगबाट बचाउने औषधी पनि जन्मसँगै दिएको छ । वनस्पतिसँगै वन्यजन्तु र चराचुरुबीहरुले भरिपूर्ण छ धादिबका वन जङ्गल खासगरी उत्तरीक्षेत्रमा औषधीजन्य जडीबुटी धेरै पाइन्छ भने दक्षिणी भेगमा चिउरी प्रख्यात छ । नेपालमा एक ठाउँमा मात्र पाइने भनेर भन्ने गरि एको दुर्लभ चरा काँडेभ्याकुर धादिबको सिद्धलेकमा पनि पाइन्छ । दुर्लभ वन्यजन्तु सालक पनि पाइन्छ । दुर्लभ भन्दा दुर्लभ मानिएको हिउँ चितुवा, रेड पाण्डा, कस्तुरीदेखि भालु, चितुवा, ब्वाँसो, फ्याउरो, स्याल, बाँदर, हरिण र राष्ट्रिय चरा डाँफे तथा मुनाल पनि यहीँ पाइन्छ । हाम्रा पुर्खाले त प्रकृतिलाई पूजा गर्न सिकाएका थिए । चराचुरुङ्गीलाई प्रेम गर्न
सिकाएका थिए । चौतारो र आँगनमा काग, ढुकुर, सारुँ, रुपी, गौंथली चराको लागि ढुङ्गाको ओखल बनाएर पानी जम्मा गरी राखिदिन्थे। आँगनमा मकै, धान र चामल छरिदिन्थे । बारीमा लगाएको बेलउती, आँप, क्यामुनो र जामुना चराचुरुङ्गीको लागि छोडिदिन्थे। वनमा ठाउँठाउँमा पानी खाने कुवा बनाइदिन्थे। बाँदरको लागि वनमा केरा र आँप रोपिदिन्थे। मेरो घरमा पनि बाले बनाइदिनुभएको चराको
लागि पानी खाने ढुङ्गाको (ओखल) ठूलो खोपिल्टो थियो । चौतारो लगाएर बर पीपल रोप्न सिकाएका थिए । ती बर पीपल चराचुरुङ्गीलाई बासस्थान र आहारा दिने श्रोत थियो।

मैले सुरुमा पनि उल्लेख गरेँ । धादिङ पवित्र देवस्थल हो। यहाँको हरेक डाँडामा देवी, देउराली, सिमे, भूमे, थान, गुम्बा र माने छ । हरेक डाँडा पुजनीय छ । दर्शनीय छ । महिमा योग्य छ । रि, झार्लाब, सेर्तुब, लापा, मार्पाक, कटुन्जे, धुँवाकोट, तिप्लीब र तसर्पुमा दर्जनौं गुम्बा र मानेहरू छन्। देउराली, सिमे, भूमे र मन्दिर नभएको त कुन डाँडा होला र ? पृथ्वीनारायण शाहको ब्रतबन्ध गरेको मैदीको मैदीकोट, पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्न जाँदा बास बसेर राती सपनामा भेट आशिर्वाद दिएकी त्रिपुरासुन्दरी देवी, भैरवी देवी, कर्णेश्वर महादेव मन्दिर, गङ्गाजमुना माइ, पशुपति मन्दिर, शिवालय थान, बागबच्छला देवी, निरन्जना देवी मार्पाक, ज्वालामुखी, गुप्तेश्वर गुफा (महादेव स्थान), कोटथोक देवी, कालिका देवी, मालिका देवी, बराह कालिका, ढोला मण्डली, चित्रे कालिका, जालपा देवी, टोड्के मन्दिर, शङ्खादेवी मन्दिर, सेतीदेवी थान, किरान्चोक रणकालिका देवी, मनरुपी माइ, बराहस्थान, अन्नपूर्ण देवी, तीनकन्या मन्दिर, भूमिस्थान, कब्काली देवी, गोरखनाथ धाम, लगायतका सयौं देवदेवालयले धादिबलाई हरदम रक्षा गरिरहेको छ । धादिङमा अन्त नपाइने सांस्कृतिक पहिचानको सम्पत्ति छ । जातजाति र भाषाभाषिको भेषभूषा छ । रहन सहन छ । चाडपर्वहरू छ । जन्म र मृत्युमा गरिने संस्कारहरू छ । तिनलाई जोगाएर अर्को पुस्तासम्म जस्ताको तस्तै लैजानु आजको आवश्यकता हो । जोगिमारा र धुषामा चेपाबको न्वागी पर्व र नाच, नीलकण्ठ साँखुको सोरठी नाच, मुरलीभञ्याब र सल्यानटारको कुमाल नाच, उत्तरी क्षेत्रको घोडचढी नाच, तारो हान्ने पर्व, धान नाच, सुनौलाबजारको भजन, चुट्का, सलाबको मगरहरूको सालैजो र सोरठी, ज्यामरुबको पञ्चैबाजा, खाल्टेको बाहुनहरूको बाहुन बाजा, नीलकण्ठ र कटुन्जेको नेवारहरूको टाकटुके नाच र लाखे नाच, गुम्दी र खाल्टेको गुरुबको रोधी र घाटुनाच धादिबलाई चिनाउने
सांस्कृतिक गहना हुन्। जसको मूल्य कहिल्यै घट्दैन । कुनै पनि जलप र कसी लगाउनु पर्दैन । उजिल्याउनु पर्दैन । आफैमा उज्ज्वल छ, जाज्वल्यमान छ ।

हाम्रा यिनै सांस्कृतिक सम्पदा र मूल्यले मानव जीवन शिष्ट, संयम र नैतिकवान बनाउँछ । मान्छेको धारणा, सोच, व्यवहार, जीवनशैलीले व्यक्तित्वलाई चिनाउँछ । यस्ता मूल्यमान्यता, सांस्कृतिक र प्राकृतिक सम्पदाहरू जोगाएर एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिनुपर्छ । हाम्रो सांस्कृतिक सम्पदा जोगाउने जिम्मा नयाँ पिढीको हुनुपर्छ । धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको बारेमा बुढा पुस्ताले भुरा पुस्तालाई बुझाउनुपर्छ । विद्यालय तहकै पाठ्यक्रममा समावेश गरी स्थानीय कला, साहित्य, संस्कृति, धार्मिक, ऐतिहासिक ठाउँहरू, खोला, नदीनाला, पहाड, देवी र देउरालीबारे पढाइनुपर्छ । सम्पदा, संस्कृति, सभ्यता र प्राकृतिक श्रोत साधनको बारेमा प्रचार
प्रसार गरिनुपर्छ । बहुमूल्य सम्पदाहरू र खानीहरूको बारेमा खोज, अनुसन्धान र उत्खनन् हुनुपर्छ । इतिहास लेखिनुपर्छ । प्रयोगमा ल्याउन सकिने कुरा व्यवहारमा प्रचलनमा ल्याउनुपर्छ । नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायले आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हक हुनेछ भनिएको छ । मैले थोरै मात्र चिनेको यो सुन्दर धादिब लाखौं वर्षदेखि जसरी बाँच्दै आएको छ
त्यसमा समयानुकूल विकास, संरक्षण र सम्वद्र्धन गर्दै अबको पुस्तालाई हस्तान्तरण 0गर्ने जिम्मा हाम्रै हातमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button