Banner NewsBanner news (with photo)कृषि/सहकारीगण्डकी प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीतिसमाचार

राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो,रास्वपा उपसभापति स्वर्णिम वाग्लेको भनाई

राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो,रास्वपा उपसभापति स्वर्णिम वाग्लेको भनाई

Spread the love by sharing this post

२०८१,कात्तिक,बिहीबार ८,

विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सरकारले राजनीतिक प्रतिशोधको साँधेर रविलाई पक्राउ गरेको आरोप रास्वपाले लगाएको छ ।

यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै वाग्लेले भने, ‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ ।

रविसँग नेताहरुले भेटेपछि भएको विवरण उल्लेख गर्दै बुर्लाकोटीले भने, अहिले सोधिएको प्रश्न, त्यो बेला सोधिएका प्रश्न एउटै रहेको पुरक जाहेरीको बयानपछि त्यो प्रहरीले उहाँलाई मुद्दा चलाउनुपर्ने देखिएन भनेको छ,राजनीतिक प्रतिशोधकै आधारमा पहिले नै पक्राउ गरेर थुन्ने र फेरि तिनै प्रश्न सोध्ने काम भइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको साढे ५ करोड रकम गोर्खा मिडियामार्फत संगठित रुपमा अपचलन गरेको अभियोग उनीमाथि छ । रविले सूर्यदर्शन सहकारीबाटै १ करोड रुपैयाँ लगेर गोर्खा मिडियामै मिलान गरेको पनि प्रतिवेदनमा छ । गितेन्द्रबाबु राई (जीबी) नेतृत्वको गोर्खा मिडियाले त्यही समूहले देशका विभिन्न ठाउँमा खोलेको सहकारीमा ६५ करोड रुपैयाँभन्दा धेरै अपचलन गरेको संसदीय विषय छानबिन समितिको प्रतिवेदनमा छ । समितिले रवि, छवि र गोर्खा मिडियाकै सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो । रम्तेल पुर्पक्षका लागि कास्की कारागारमै छन् ।

सूर्यदर्शनको रकम सिधै रविले खर्च गरेको नदेखिए पनि गोर्खा मिडियामार्फत अपचलन गर्न उनको संलग्नता रहेको भन्दै सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग लगाएको छ । सहकारी ठगीमात्र नभएर संगठित अपराधमै मुद्धामा थप अनुसनधानका लागि थपिएको म्याद अनुसन्धान नै नगरी सकाएर फेरि म्याद थप्ने तयारी गरिएको रविले जानकारी गराएका छन् ।

एउटै प्रकृतिको कसुरुमा गत असोज ६ गते पक्राउ परेका छविलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बयान गराएर बुधबारमात्र पोखरा ल्याइएको छ । रविलाई पनि पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button