Banner News

रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा पार्टीको रास्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत

Spread the love by sharing this post

रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको रास्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छ्न।

प्रतिवेदनमा पार्टीको गठनदेखी हालसम्मको यात्रा,महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरु,र आन्तरिक समिक्षा समेटिएको छ।

यसैगरी,पार्टीका चुनौतीहरु, संगठनात्मक बिकास, अन्तर्राष्ट्रिय सम्बन्ध,भविस्यका लक्ष्यहरु लगायतका बिषयबस्तुहरु पनि रहेका छ्न।

मुख्य बुँदाहरुमा :- पार्टीका उपलब्धिहरु

प्रतिवेदनमा रा स्व पा ले संसदमा २१ संासद सहित सशक्त उपस्थिति जनाउन सफल भएको उल्लेख छ। पार्टीको फरक राजनीतिक दृस्ठिकोण र सुशासनको लक्ष्यले जनताको बिश्वास जितेको र प्रणालिगत सुधारतर्फ ध्यान दिएको कुरा प्रतिवेदनमा भनिएको छ ।

चुनौती र बाधाहरु :-

प्रतिवेदनमा आरम्भिक सफलताका बाबजुद पार्टीले आन्तरिक र बाहय चुनौतीहरु सामना गर्नुपरेको जिकिर गरिएको छ । लामिछानेले पार्टी अझैपनि बलियो रहेको र आफ्ना लक्ष्यमा केन्द्रित रहेको कुरा प्रतिवेदन मार्फत प्रष्ट पारेका छ्न।

राजनीतिक दृस्ठिकोण र संगठनात्मक बिकास :-

प्रतिवेदनमा पार्टीले आफ्नो निति,संगठन र रणनीतिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । संगठनात्मक स्तरमा केही प्रगति भएपनी स्थानीय तहमा बिस्तार गर्न संघर्श गरिरहेको र आफ्ना दृस्ठिकोणलाई पुर्ण रुपमा कार्यान्वयन गर्न बाँकी रहेको उल्लेख छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध :-

प्रतिवेदनमा चीन र भारतजस्ता छिमेकी मुलुकसङको सम्बन्धलाई सन्तुलित राख्नुपर्ने र विश्वोका अन्य शक्तिहरुसङ पनि सम्बन्ध बिस्तार गर्नुपर्नेमा जोड दिइएको छ।नेपालको बिकास र स्तायित्वमा छिमेकी मुलुकहरुको महत्त्वपूर्ण भुमिका रहने उल्लेख रहेको छ ।

भबिस्यका लक्ष्यहरु :-

रास्ट्रिय स्वतन्त्र पार्टीले सुशासन,शिक्षा सुधार , नेतृत्व बिकास,र स्थानीय तहमा बलियो उपस्थितिको लक्ष्य राखेको छ।

पारदर्शी राजनीति,आर्थिक स्थिरता,र प्रणालिगत सुधारमा केन्द्रित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यो प्रतिवेदनले रास्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक यात्रा, चुनौतीहरु र भबिस्यका योजनाहरुको खाका प्रस्तुत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button