ताजा समाचारदेशमुख्य समाचारविश्वशिक्षासमाचार

लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुने

लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुने

Spread the love by sharing this post

लेबनान र इजरायलबीच  युद्धविराम हुने भएको छ,यो सम्झौता आजदेखि लागू हुने बीबीसीले जनाएको छ ।

युद्धविरामका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । बाइडेनले ६० दिनको युद्धविराम सम्झौता प्रभावकारी हुने भन्दै युद्धको स्थायी अन्त्यको दाबी गर्नु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले  लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो ।

राष्ट्रपति बाइडेनले अब गाजामा पनि युद्ध अन्त्यका लागि निरन्तर काम गरिरहने बताउनुभएको छ । यसका लागि बाइडेन प्रशासनले दबाब दिइरहने छ । लेबनान र इजरायलका नेताहरूले हिंसा अन्त्य गर्ने निर्णयको प्रशंसा गर्दै बाइडेनले दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्किन सक्ने बताउनुभएको खबरमा उल्लेख छ । उहाँले कुनै पनिस्थितिमा त्यहाँ अमेरिकी सेना संलग्न नहुने कुरामा विश्वस्त हुन आग्रह गर्नुभएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button