Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसमाचार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको १४ औँ बैठक सुरु

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको १४ औँ बैठक सुरु

Spread the love by sharing this post

०८१ शुक्रबार,०२

असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा  बैठक सुरु भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा परिषद्का सदस्य सचिव अनिल पोखरेलले ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको उक्त मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित दुई सय ५० को मृत्यु भएको बताउनुभयो। उहाँले प्रारम्भिक अध्ययनमा ४६ अर्ब बराबरको क्षति भएको जानकारी गराउनुभयो। नेपाल सरकारले उक्त विपद्‍बाट अति प्रभावित ७१ पालिका रहेको घोषणा गरिसकेको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ। बैठकमा  मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बीमा, प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनः निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने, विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकप्टर व्यवस्था गर्ने सात प्रस्ताव रहेका छन्।

बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्रीद्वय, मन्त्री, प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायत सहभागी हुनुहुन्छ। बैठकमा परिषद्को सदस्य प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेत उपस्थित हुनुहुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button