चलचित्र खबरमनोरञ्जनसमाचार

विराज भट्टको लेखन तथा निर्देशनमा बनेको १२ गाउँ उत्कृष्ट एक्सन फिल्म

विराज भट्टको लेखन तथा निर्देशनमा बनेको १२ गाउँ उत्कृष्ट एक्सन फिल्म

Spread the love by sharing this post

नेपाली फिल्म ‘१२ गाउँ’ आगामी बिहीबारदेखि प्रदर्शनमा आउँदै छ ।

विराज भट्टको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म निर्माण पक्षले बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै दसैंको फूलपातीका दिन प्रदर्शनमा आउने फिल्मबारे जानकारी दिएको छ ।

म आफैं पनि एक्सन विधाको अभिनेता हुँ । त्यसकारण पनि एक्सन फिल्म निर्माणमा केही गर्न सकिन्छ भनेर अघि सरेको हुँ । निर्देशक भट्टले पछिल्लो समय नेपालमा एक्सन जनराका फिल्मको अभाव देखिएकाले आफूले ‘१२ गाउँ’ को निर्माण गरेको बताए,एक्सन जनरामा बनेको उत्कृष्ट फिल्मको सूचीमा ‘१२ गाउँ’ले नाम लेखाउने दाबी गर्छन् ।

समीर भट्टको डेब्यू फिल्ममा विराज भट्ट, सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, शनिशा भट्टराई, नरेन खड्का, नान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, कृष्ण भट्ट, कालु राना, दीपक केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा प्रयोग भएका द्वन्द्वका दृश्यमा निखार ल्याउन आफूले अनुभवी भारतीय फाइट मास्टर स्टन्ट सिल्भालाई लिएको उनले बताए । भारतीय एक्सन निर्देशक तथा कलाकार सिल्भाले दर्जनौं तमिल, तेलगु, मलयालम र कन्नड फिल्ममा काम गरिसकेका छन् । ‘१२ गाउँ’मा सिल्भालाई नेपाली द्वन्द्व निर्देशक शंकर महर्जनले सघाएको भट्टले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button