ताजा समाचारदेशप्रवासमुख्य समाचारविश्वसमाचारसाहित्य / संस्कृतिसाहित्य/ सिर्जना

विश्व साहित्यिक सम्मेलन हुँदै काठमाडौँमा

विश्व साहित्यिक सम्मेलन हुँदै काठमाडौँमा

Spread the love by sharing this post

विश्व नेपाली साहित्य महासङ्घले कात्तिक आज शुक्रवार र भोलि ११ गते शनिवार गते काठमाडौंमा साहित्यिक विश्व सम्मेलनको आयोजना गर्ने भएको छ ।

नेपाालसहित बिभिन्न देशका ८ श्रष्टालाई साहित्यदूत सम्मान गरिने छ । सम्मेलनका क्रममा समसामयिक साहित्यबारे छलफल हुनाका साथै महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ । महासङ्घले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्वका बिभिन्न देशका साहित्यिक व्यक्तिहरुको सहभागीता रहने महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी दिएका छन्।

सम्मेलनका क्रममा बर्षको उत्कृष्ट पर्या कविता तर्फ प्रथम किशन पौडेललाई रु १५ हजार र प्रमाणपत्र, द्वितिय हुने समीप बैरागीलाई रु १० हजार र प्रमाणपत्र र तेश्रो हुने भारती न्यौपानेलाई रु ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको उनले बताए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button